
महादेवस्थान । नेकपा एमाले मण्डनदेउपुर काठमाडौं सम्पर्क मञ्चले पहिरो पिडितलाई राहत सहयोग गरेको छ । विगत केही दिनको अविरल बर्षाको कारण मण्डनदेउपुर नगरपालिकाको विभिन्न वडामा अपुरणीय क्षती भएपछि सम्पर्क मञ्चले राहतको व्याकेज बोकेर पुगेको हो । मञ्चका सचिव गणेश भण्डारीले एमाले नगर कमिटीसँग समन्वय गरेर मञ्चको पहलमा तत्काल अति आवश्यक पर्ने खाद्य सामाग्री एवं लत्ताकपडाको बन्दोबस्ती गरेको जानकारी दिनुभयो ।
सामाग्रीलाई राष्टिय युवा संघ नेपाल मण्डनदेउपुर नगर कमिटिको सक्रियतामा सम्बन्धित वडामा पुर्याएको उहाँले जानकारी दिनुभयो । युवा संघले पिडित परिवारसम्म सोमबार नै सम्बन्धित ठाउँमा पुर्याउने युवा संघ नगर कमिटीका अध्यक्ष सुमन ढकालले उल्लेख गर्नुभयो ।
एमालेले पहिरोले समस्या पारेका परिवारले सम्पर्क गर्न अनुरोध गरेको छ । युवा संघका स्थानीय वडा कमिटीले आवश्यकता अनुसार राहत सामाग्री हस्तान्तरण गर्ने ढकालले बताउनुभयो । पहिरोले मण्डनदेउपुरका सात जनाको ज्यान गएको छ भने दर्जनौ परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया