
पनौती । पनौती ननगरपालिका वडा न. ०९ सुन्थान नौबिसे फाँट बस्ने बर्ष ७८ को कान्छामान गोलेको घरमा रातको समयमा चोरी गर्ने समुहको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रातको समयमा नकाबघारी १५।१६ जनाको समुहले कान्छामान तामाङ र उहाँको श्रीमती समेतलाई हातखुट्टा बाधी कराउन चिच्चाउन नसक्ने गरी मुखमा टेप लगाई गरगहना पैसा समेत लुटी फरार भएको जाहेरीपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।
प्रहरीले घटनाको बारेमा प्रेस रिलिज जारी गरेको छ । रिलिजमा प्रहरी चौकी पनौतीको टोली तत्काल घटना स्थलमा पुगि घटनामा संलग्न मानिसहरुको हुलियाको आधारमा पहिचान गरी निम्न व्यक्तिहरुलाई खोजतलास गरि तत्काल पक्राउ गरीएको उल्लेख गरिएको छ ।
प्रहरीले तीन जनालाई पक्राउ गरि डाका तथा चोरि गर्न नहुने कसुरमा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोक बाट दिन ७ (सात) को म्याद लिई अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भई रहेको जनाएको छ । प्रहरीले खानीखोला गा.पा ०६ घर भई हाल पनौती न.पा. ०४ बस्ने बर्ष ३६ कि सरिता तामाङ, सोही गा.पा. ०२ बस्ने बर्ष ४१ को विचारमान गोले र खानीखोला गा.पा. ०२ भई हाल धुलिखेल न.पा. १२ शंखुपाटी बस?ने बर्ष ४० को साङगे थोकरलाई पक्राउ गरेको हो । पिडितले प्रहरीलाई लुटपाट एक लाख त्रिचालिस हजार नगद, पुरानो पैसा आधा माना जति भएको थैलो समेत, सुनको औठी १ तोला, सुनको ढुङग्री आधा तोलाको सुनको तिलहरी आधा तोलाको ( जम्मा २ तोला सुनको गरगहना लुटपाट गरेको जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया