निर्माण व्यवसायी संघ काभ्रेको साधारण सभा

 

बनेपा । निर्माण व्यवसायी संघ काभ्रेको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई चौतर्फी घरेराबन्दी परेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले घर खेत राखेर काम गरेका व्यवसायीले काम गरे वापतको रकम नपाएको गुनासो गर्नुभयो । सरकार पैसा नदिने तर उपभोक्ताहले भने काम गरेन भनेर आलोचना गर्ने गरेको गुनासो गरेका छन् । निर्माण व्यवसायीको पिडा र व्यथा कस्लाई सुनाउने, के कारणले काम गरेन ? कसरी काम अगाडी बढेनभनेर कस्ले सोध्ने ? भन्दै प्रतिप्रश्न गर्नुभयो । कानुनी र अन्य झन्झट नभएका ठाँउमा निर्माण व्यवसायीहरुले समय अगावै काम सकेर पुरस्कृत भएका सिहंले दावी गर्नुभयो ।
सबै निर्माण ब्यबसायी सहि छन् भन्ने आफ्नो दाबी रहेको भन्दै सिंहले सबैलाई एउटै दृटिकोणले हेर्नु नहुने बताए ।

कार्यक्रमका सभापति काभ्रेका अध्यक्ष विजय तामाङले सघंमा चुनावि वर्षमा ५ सय ३० वटा निर्माण ब्यसायी दर्ता भएकोमा आर्थिक वर्ष २०८१ जम्मा २ सय १९ मात्रै नविकरण भएको उल्लेख गर्नुभयो ।
उहाँले निर्माण व्यवसायीहरुलाई धेरै समस्या भएको बताउदै तामाङले सबै पक्षबाट व्यवसायीको मात्रै दोष देख्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । व्यवसायीको समस्या बुझने प्रयास समेत नगरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष तथा बागमती प्रदेशका पुर्व मन्त्री चन्द्र लामाले निर्माण व्यवसायीका समस्या समाधान राज्यले गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, निर्माण व्यवसायी महासघंका वरिष्ठ उपाध्यक्ष एडी लामा, नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्न लामा, नेकपा एमाले काभ्रेका जिल्ला कमिटि अध्यक्ष राजन भुर्तेल, काभ्रे उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासघंका केन्द्रिय सदस्य उपेन्द्र घिसिङ्ग, बागमती प्रदेश अध्यक्ष छत्र तामाङ, हेभि ईक्युपमेन्ट संघ काभ्रेका अध्यक्ष प्रभुराम श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष दमन दोङले राख्नु भएको थियो भने सञ्चालन सचिव प्रदिप गौतमले गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया