
धुलिखेल/धुलिखेल–खावा सडकको अनुगमनमा आएका पूर्वाधार विकास समितिका सांसदले अहिलेको ठेकेदारबाट काम नहुने सुझाव दिएका छन् । यो ठेकेदारबाट काम नहुनेभन्दै तत्कालै ठेक्का रद्ध गर्न सडक विभागलाई निर्देशन दिएका छन् ।
सडक अनुगमनमा आएका सांसदमाथि काभ्रेका जनताले आक्रोस पोखे लगत्तै सांसदहरुले वर्तमान ठेकेदारले काम गर्न नसक्ने भन्दै ठेक्का तोडेर काम गर्न निर्देशन दिएका हुन् ।
सामाजिक संजाल मार्फत सांसद आउने जानकारी पाएपछि कार्यक्रमस्थलमा पुगेर जनताले प्रश्न राखेका थिए । चर्को स्वरमा बोलेको भन्दै पूर्वाधार समितिका सदस्यले सानो स्वरमा बोल्न जनतासँग अनुरोध पनि गरे । जनताको स्वर झनै चर्कियो ।
शंकर भण्डारीको नेतृत्वमा आएको टोलिले जनताको समस्या समाधान गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद माधव सापकोटाले संसदमा सडकको बारे पटक पटक आवाज उठाएको बताउँदै गौरी पार्वती निर्माण सेवाले काम गर्न नसक्ने र तत्कालै ठेक्का तोड्न आवश्यक रहेको सुझाव दिनुभयो ।
सांसद ठाकुर गैरले सरकारले म्याद थप्ने, ठेकेदारले काम नगर्ने कुराको अर्थ नहुने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया