धुलिखेलमा बिपीको सालिक अनावरण हुँदै

 

धुलिखेल÷नेपाली काङ्ग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले २०७१ साल भदौ २४ गते शिल्यान्यास गर्नुभएको जननायक विपी कोइरालाको सालिकको दश बर्षपछि असोज ५ गते अनावरण हुने भएको छ ।
बिपी राजमार्गको प्रस्थान विन्दु धुलिखेल नगरपालिका जरणडाडाँमा आगामी असोज ५ गते नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको नेपाली काङग्रेस धुलिखेल नगर कार्यसमितिले जानकारी दिएको छ । बिपी राजमार्गको परिकल्पनाकार कोइरालाको सालिक स्थापनाको लागि निर्माण समितिको संयोजक जितकृष्ण श्रेष्ठ र आर्थिक संयोजक मञ्जुकुमार कोजु रहेर निर्माण कार्य सुरु भएको सालिक निर्माण गर्न दश बर्ष कुर्नुपर्याे । प्राविधिक समस्याले निर्माणमा ढिलाई भएको नेपाली काङ्ग्रेसले जनाएको छ  सालिक बनाउन २५ लाख रुपियाँ खर्च गरिएको अनुमान छ ।

 

 

तपाईको प्रतिक्रिया