
बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल अस्पतालले समुदायमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अघि बढाएको भन्दै गोल्ड मेडलबाट सम्मानित भएको छ । एशियाका १५ राष्ट्रका ११३ अस्पतालमध्ये शीर मेमोरियल अस्पताल गोल्ड मेडलबाट सम्मानित भएको हो । अस्पतालले मंगलबार अस्पतालमा एक कार्यक्रम गर्दै पुस्कारको बारेमा जानकारी दिएको हो ।
ग्रामीण भेगका महिलाहरुमा रहेको पाठेघर झर्ने र पाठेघरको मुखको क्यान्सर सम्बन्धि उपचार सेवा समुदायमा पु¥याएको योगदानको कदर गर्दै अस्पताल सम्मानित भएको जानकारी दिइयो । एसिया २३ बर्षदेखि समुदायमा सेवा पु¥याउने अस्पताललाई विभिन्न विधामा सम्मान गर्दै आउनेमा यो बर्ष हस्पिटल म्यानेजमेन्छ एसिया अवार्डबाट सम्मानित गरिएको मंगलबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा जानकारी दिदै डा. एल्जिला बस्नेतले एशियाका १५ देशका ११५ अस्पतालबीच भएको प्रतिस्पर्धामा शीर मेमोरियल अस्पतालले वेष्ट ईन कम्युनिटी इनभ्वलमेन्ट अवार्डले सम्मानित भएको हो । अस्पतालले एशियामै समुदायको संम्लग्नतामा उत्कृष्ट पहिलो स्थान हासिल गर्दै स्वर्ण विजेताको रुपमा सम्मानित भएको हो । शीर मेमोरियल अस्पतालले व्यापक महिला स्वास्थ्य परियोजन मार्फत पाठेघरको समस्यमा परेका महिलाहरुको उपचार गरेको थियो । स्वास्थ्य सेवामा यो ठूलो पुरस्कार मानिन्छ । हस्पिटल म्यानेजमेन्ट एशिया अवार्ड २३ बर्षदेखि संचालन हुँदै आएको छ । उहाँहरुले इन्डोनेसियाको बालीमा आयोजित विशेष कार्यक्रममा सम्मानित गरिएको हो ।
मंलगबार अस्पतलामा आयोजित कार्यक्रममा डा.एल्जिला बस्नेत, अस्पतालका प्रमुख सिइओ डा.हेक्टर जि गेएरस, शीर मेमोरियल एजुकेशन टष्टका प्रमुख डा व्रेट स्पेन्टसले अस्पताललाई अवार्ड दिलाउन भुमिका खेल्ने सबैलाई धन्यवाद एंव आभार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया