
बनेपा÷बिबिए र बिएस्सी सिएसआईटी पढ्नको लागि काठमाडौं जाने बाँध्यताको अन्त्य भएको छ । न्यूनतम शूल्कमा बनेपामा बिबिए तथा बिएस्सी सिएसआईटीको कक्षाहरु संचालमा आएका छन् । राजर्षि जनक विश्वविद्यालयसँग स्वीकृत लिएर बनेपामा बिबिए र बिएसस्सी सिएसआईटीको कक्षा सुरु गरिएको हो । उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय भौतिक पूर्वाधार रहेको बनेपाको बुडोलमा यसै शैक्षिक सत्रबाट ती कक्षाहरु सुरु भएका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाका सामाजिक व्यक्तित्वहरुको पहलमा स्थापित बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले काभ्रेपलाञ्चोक जिल्लाको बुडोलमा काभ्रे बहुमुखी क्याम्पससँगको सहकार्यमा जिल्लामा नै न्यूनतम शूल्कमा बिबिए तथा बिएस्सी सिएसआईटीको कक्षा सुरु गरेको हो । यी कक्षा सुरु भएसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र आसपासका जिल्लाका विद्यार्थीले न्यूनतम शूल्कमा नै बनेपामा पढाई गर्न पाउनेछन् ।

क्याम्पस संचालन समितिका अध्यक्ष एंव बागमती प्रदेशका सदस्य कंचनचन्द्र वादे श्रेष्ठले सामाजिक संञ्जालमा कलेज स्थापनाको बारेमा जानकारी गराउनुभएको छ । उहाँले हामीले आफ्नै घरदैलोमा पढ्न पाउनु पर्ने दशौं वर्ष अगाडिदेखि रहेको स्थानीय जनताको आकांक्षालाई पुरा गर्न जनस्तरबाट हालसालै स्थापना गरेको बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजी यसै शैक्षिक वर्षमा कक्षा संचालन हुन लागेको जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बिएस्सी सिएसआईटीको नेपालमै पहिलो पटक सामुदायिक कलेजमा शुरू गर्न लागिएको क्याम्पसका प्रिन्सिपल केजी वैदारले जानकारी दिनुभयो ।

यसको ऐतिहासिक महत्व रहेको छ । बजारमा साह्रै महंगो शुल्क तिरेर पढ्नु पर्ने यी विषयहरूलाई हामीले अत्यन्तै न्युनतम शुल्कमा पढाउने संकल्प गरेका उहाँले उल्लेख गर्नुभयो । बिसीएमटीले निर्धारण गरेको शुल्क सवैको लागि आश्चर्य वनाउने गरी न्युनतम राखिएको उहाँले दाबी गर्नुभयो ।

सर्वसाधारण जनताका छोरा छोरीहरूलाई इन्जिनियर वनाउन आगामी वर्षहरूमा हामीले इन्जिनियरिंग विषयका कार्यक्रम सन्चालन गर्न पहल गर्ने प्रिन्सिपल वैदारले जानकारी दिनुभयो ।
राजर्षिजनक विश्वविद्यालयवाट सम्वन्धन प्राप्त बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले भर्नाको सूचना समेत सार्वजनिक गरेको छ । प्रिन्सिपल वैदारले राजर्षि जनक विश्वविद्यालयको भदौ १२ गते विविध विषय पढाउन सम्वन्धन पाउने निर्णय गरेका कलेजहरूको नामावली सार्वजनिक गरेकोमा बनेपास्थित बनेपा कलेज अफ् म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले पढाउने गरी सम्वन्धन दिइएको उल्लेख छ ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले काभ्रेपलाञ्चोक जिल्लामा नै पहिलो पटक बिबिए र बिएस्सी सिएसआईटीको कक्षा संचालन हुन लागेकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले बनेपामा रहेको सामुदायिक क्याम्पसले घरपायक न्यूनतम शूल्कमा अध्यापन सुरु गरेकोमा त्यसबाट लाभ लिन अभिभावक तथा विद्यार्थीलाई अनुरोध गर्नुभएको छ ।
क्याम्पसले भर्ना र शूल्कको बारेमा सम्पुर्ण विवरण सामाजिक संञ्जाल, क्याम्पसको सूचना पार्टी तथा वेवसाईडमा समेत प्रकाशित गरेको छ । जुन शूल्क काठमााडौंमा अध्यापन गराउने क्याम्पसको भन्दा निक्कै कम हो ।

तपाईको प्रतिक्रिया