कृषि महोत्सवले जन्मायो शुक्रबारे हाटबजार

अघिपछि खेलकुद र साँस्कृतिक कार्यव्रmकृषि महोत्सवले जन्मायो शुक्रबारे हाटबजारम हुने बनेपाको लायकू दरबारको प्राङ्गण शुक्रबार भने तरकारी र अत्यावश्यक सामाग्रीले भरिभराउ हुन्छ । हाटबजारको नाम सुनेका तर अभ्यास नगरेका बनेपालीहरु यतीबेला हाटबजारबाट सामान खरिद बिक्री गर्न थालेका छन् ।

महोत्सव भन्ने वित्तिक्कै कलाकार ल्याउने नाँच्ने र नचाउने भन्ने धेरैले सोच्छन् । तर बनेपा नगरपालिकामा २०८० साल फागुन ४ देखि ७ गतेसम्म चलेको बृहत कृषि महोत्सवले भने शुक्रबारे हाटबजार नै जन्माएको छ । चार दिनको महोत्सवमा ७० हजारभन्दा धेरैले अवलोकन र पाँच करोडभन्दा धेरैको कारोबार भएपछि चैत्र १६ गतेदेखि सोही स्थानमा नियमित रुपमा हाटबजार लागेको हो ।

नेपालका धेरै ठाउँ हाटबजार सहरका रुपमा विकसित भएका छन् तर पुरानो सहर बनेपामा पनि महोत्सवपछि हाटबजार सुरु गरिएको छ । चार दिनसम्म कृषि उपजमा लागेको भिड थेक्न नसक्ने देखेपछि बनेपा नगरपालिकाले शुक्रबार काभ्रेपलाञ्चोकको कोसेली काठमाडौंसम्म पु¥याउन हाटबजार सुरु गरेको हो । हाटबजारका लागि आवश्यक ठाउँ बनेपा नगरपालिका स्थानीय लायकु राजमंञ्चको मैदानमा उपलब्ध गराएको छ ।

शुक्रबार अरनिको र बिपी राजमार्गहुँदै काठमाडौं फर्कनेका लागि लक्षित गरेर सुरु गरेको हाटबजारमा हजारौले किनबेच गर्न थालेको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले उल्लेख गर्नुभयो ।

‘अत्यावश्यक सामाग्रीहरु शुक्रबारको हाटबजारमा पाईने जस्तै भएको छ । स्थानीय नागरिकले आफ्ना उत्पादनको किनबेचको थलोको रुपमा हाटबजारलाई लिन थालेका छन्’ प्रमुख शाक्यले भन्नुभयो ।

केही समय नचल्ने र जस्तो लागेपछि बनेपा नगरपालिका कर्मचारी गएर हाटबजारमा सामान किन्ने गरेपनि केही सातायता थामी नसक्नुको भिड लाग्न थालेको छ । हाटबजारमा दुई सयभन्दा धेरै पसल संचालन हुन थालेको बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले बताउनुभयो ।

रैथाने उत्पादन, घरेलु तथा हस्तकलाको सामाग्री र ताजा तरकारी नै हाटबजारको मुख्य आकर्षण रहेको सापकोटाले उल्लेख गर्नुभयो । काठमाडौं फर्कनेहरु ताजा र अर्गानिक तरकारी किन्न हाटबजारमा आउन थालेको उहाँले दाबी गर्नुभयो । हाटबजारको व्यवस्थापन र बजार बसेपछिको सफाईको जिम्मेवारी पनि नगरपालिकाले नै गर्दै आएको छ । सफाई लगायतको कार्य गर्नको लागि नगरपालिकाले २५ रुपियाँ लिने गरेको छ । तर डोकामा तरकारी ल्याएर बेच्ने किसानलाई भने नगरपालिकाले निशुल्क सेवा दिएको छ । ठूलो क्षेत्रफल ओकटेर लाखौं रुपियाँ व्यापार गर्नेसँग भने हप्ताको एक सय रुपियाँ सफाईका लागि नगरले लिने गरेको छ ।

बनेपा नगरपालिकाले प्रत्येक शुक्रबारको हाटबजारमा ५० लाख रुपियाँको व्यापार हुने अनुमान गरेको छ । शुक्रबार बिहानदेखि बेलुकासम्म पाँच हजारभन्दा धेरैले किनमेल गर्ने गर्नुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको कृषि महोत्सवले हाटबजारको रुपमा विकास भएपछि किसानले आफ्नो उत्पादन सहजै बेच्न सक्ने अवस्थाको सृजना भएको समन्वय प्रमुख दीपक गौतमले बताउनुभयो । महोत्सवले यतीबेला आएर ऐतिहासिक सफलता हासिल गरेको दाबी गर्नुभयो । उहाँले हाटबजार नियमित गर्न आफूले बनेपा नगरपालिकासँग समन्वय गर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया