
बनेपा÷बनेपा नगरपालिका वडा नं ४ मा बुधबार बिहान ०४स्१५ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ आगल बस्ने वर्ष ४६ को गोबिन्द सापकोटाले गाइ पाल्न बनाएको इट्टा र माटोको पर्खाल भएको, जस्ताको छानो भएको गोठमा बिधुत सर्ट भएर आगलागी भएको छ ।
तत्कालै जिल्ला प्रहरी कार्यालयकोबटोली, स्थानीय र बनेपा नगरपालिकाको पानी ट्याङ्करको सहायताले आगो ०५स्०० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
सो आगलागीबट एउटानगाइ जलेर मरेको छ । गोठमा रहेको भुसा काट्ने मेसिन, सो मेसिनको मोटर, पराल, भुसा र गोठ समेत जली ५ लाख बराबरको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया