पुलबजारदेखि छालाकारखानासम्म डुबान

बनेपा÷हरेक बर्ष जस्तै यो बर्ष पनि बनेपाको पुलबजारदेखि धुलिखेलको खड्पुसम्मको क्षेत्र डुबानमा परेको छ । पुलबजारदेखि आसपासका बस्ती डुबानमा परेपछि स्थानीय समस्यामा परेका छन् ।
मङ्गलवार रातिको अविरल वर्षाले बस्तीका केही घरमा भित्रै बाढी पसेको छ । राजमार्ग भएकाले पुलबजारको चर्चा धेरै भएपनि अवस्था भयावय भने धुलिखेल क्षेत्रमा रहेको छ । राजमार्ग रातीदेखि बन्द भएपनि ठूला सवारी साधन डुबान पार गरेर गन्तव्यमा लाग्न थालेका छन् । साना सवारी साधनलाई समस्या परेको छ । हरेक वर्षायाममा यहाँ बाढीले स्थानीयलाई दुःख दिने गरेको छ । नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । बाढीपछि बनेपाका केही विद्यालयमा पढाई बिदा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया