ईन्द्रेश्वरमा सन्ध्याकालिन आरती

पनौती÷साउनको महिना आरती सेवा लिन पशुपतीनाथसम्म पुग्न पर्ने बाँध्यताको अन्त्य भएको छ । पनौतीका धार्मिक अनुयायीहरुले विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि साउनको हरेक सोमबार सन्धयाकालिन आरतीको प्रबन्ध मिलाएका छन् ।
साउनको दोश्रो सोमबार ऐतिहासिक धार्मिक र साँस्कृतिक सहर पनौतीको शचीतिर्थ त्रिवेणीधाम ईन्द्रेश्वर मन्दिर परिसरमा हजारौंको उपस्थितीमा विशेष आरती भएको हो ।
ईन्द्रेश्वर महादेवको परम अनुकम्पाले अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि साउनको सोमबार पारेर श्रीमद्भागवत धर्म संरक्षण समितिले सध्याकालिन आरती गरेको हो । त्यसको प्रशंसा जिल्लाभरी भएको छ । पनौतीमात्रै नभएर बनेपा, धुलिखेलबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु पनौतीमा पुग्नु भएको थियो । आयोजक समितिका अध्यक्ष तथा युवा पं अच्युतप्रसाद भट्टराईका अनुसार साउनको प्रत्येक सोमबार इन्दे्रश्वर महादेव प्राङ्गणमा सन्ध्याकालिन आरती गरिएको हो । आरतीलाई भगवान शिवको विशेष आरधनाको रुपमा लिने गरिन्छ । काभ्रेपलाञ्चोकको पनौतीको ऐतिहासिकता रहेकाले अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि साउनको सोमबार पारेर आरती गरिएको भट्टराईले बताउनुभयो । धार्मिक अनुरागीको सहयोगमा आरती हुने गरेको उहाँले स्पष्ट पार्नुभयो । आरतीको प्रवन्ध मिलाउनेमध्येका एक धार्मिक व्यक्तीत्व प्रदिप बोगटीले समितीले आरतीको व्यवस्थापन गरेको जानकारी दिनुभयो । उहाँले साउन महिनाको महत्वसँगै शिवको आराधना गरिने भएकाले ईन्द्रेश्वर महादेवको प्राङ्गणमा आरती पुजा गरेको बताउनुभयो ।
उहााँले धार्मिक पर्यटनको विकास, धर्मप्राप्ती र शिवको अनुष्ठानका लागि आरती गरेको बताउनुभयो । आरती हेर्न हजारौको संख्यामा सर्वसाधारण पनौतीमा पुग्नु भएको छ । आयोजकले आगामी सोमबार पनि आरतीमा आउन अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया