मण्डनदेउपुरमा देवी प्रतिभालाई एकै दिन चार सम्मान

मण्डनदेउपुर÷संसारभर आफ्नो गला र कलाको माध्यमबाट धार्मिक प्रवचनमा सकृय देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीलाई उहाँको गृह नगर मण्डनदेउपुरका एकै पटक चार वटा संस्थावाट सम्मान गरिएको छ ।
२३ बर्षकै कलिलो उमेरमा आफ्नो दिव्य प्रवचन मार्फत कहलिनु भएको उहाँ नेपालको एउटा प्रतिभा हो जसले नेपाललाई संसारभर चिनाउन सहयोग पु¥याईरहनु भएको हेतुले सम्मान गरिएको हो । उहाँ सपरिवार मण्डनदेउपुरमा आयोजित विभिन्न चार वटा कार्यक्रममा सहभागी हुनु भएको थियो ।

आईतबार ब्रम्हायणी मन्दिर धाममा पूर्व मन्त्री सो क्षेत्रका सांसद गोकुल बाँस्कोटाको उपस्थितीमा विशेष सम्मान गरियो । देवी प्रतिभालाई ब्रम्हायणी मन्दिर संरक्षण समितिले बाजा बजाएर स्वागत गर्याे । मन्दिर परिसरमै सयौंको उपस्थितीमा भएको सम्मानले यो क्षेत्रमा अझ अघि बढ्ने प्रेरणा मिलेको उहाँले उल्लेख गर्नुभयो । बाँस्कोटाले कथावाचिका प्रतिभाको प्रशिद्धी सगरमाथा जस्तै अग्लियोस् भन्दै शुभकामना दिनु भएको छ ।


आफ्नो नागरिकले विश्वमै पहिचान बनाएपछि मण्डनदेउपुर नगरपालिकाले विशेष अभिनन्दन गरेको हो । नगर प्रमुख टोकबहादुर वाईवा, उपप्रमुख विष्णुमणि नेपाल, वडा अध्यक्ष र कर्मचारीको उपस्थितीमा सम्मान गरिएको हो । सम्मानले आफूलाई सत्कर्ममा जान थप प्रेरणा मिलेको बताउनुभयो ।
सोही कार्यक्रमको अवसर पारेर कश्यपेश्वर महादेव धर्म संरक्षण समितिका अध्यक्ष थलप्रसाद सापकोटाले सम्मान पत्रले सम्मान गर्नुभयो । आफ्नो ठाउँको प्रतिभा विश्वमा चिनिएको भन्दै उहाँलाई सम्मान गरिएको उहाँले उल्लेख गर्नुभयो ।


त्यस्तै प्रारम्भिक शिक्षा लिनु भएको नव प्रतिभा इङ्लिश स्कूलले सम्मान गरेको छ । विद्यालयका संचालक होमप्रसाद चौलागाईले प्रारम्भिक शिक्षा लिनु भएको विद्यालयमा सम्मान गरिएको जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया