
चण्डेनीमण्डन÷पाठेघरको क्यान्सरसँग जुधिरहेकी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँकी ५० बर्षकी कालिका माझीलाई बाँच्ने ठूलो रहर छ । पित्तथैलीमा पत्थरीको उपचार गराउन अस्पताल आउनु भएको उहाँलाई पित्तथैलीको उपचारपछि समस्या समाधान हुन नसकेपछि मेडिकल कलेज जोरपाटीबाट पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउनु भएको उहाँको परिवारसँग भएको र आफन्त र ईष्टमित्रसँग मागेको पाँच लाखभन्दा धेरै रकम खर्च भइसकेको छ ।

पत्थरीपछि क्षयरोगको लक्षण देखायो त्यसपछि क्यान्सर भन्ने पत्ता लागेपछि उहाँको परिवार उपचार गराउन नै समस्यामा परेको छ । हरेक पटक अस्पताल लिएर जाने भनेपछि पैसा खोज्न जानु पर्ने र खोज्ने ठाउँ पनि सकिएपछि उपचार कसरी गराउने भन्ने समस्यामा पर्नुभएको छ ।
उहाँहरुले माग्ने र सहयोगको लागि दाता खोज्ने भनेको भगवानमात्रै हो । सामाजिक संञ्जाल मार्फत देश विदेशमा खर्च जुटाउने माध्यम छैन । टेलिफोन उठाउने र हेल्लो भन्ने बाहेकको थप कुरा उहाँहरु जान्नु हुन्न । तर धेरैले सहयोग जुटाएर उपचार गरेको सुन्दा आफूले पनि सहयोग पाउने आसा भने जिवितै राख्नु भएको छ । उपचारको लागि हजारौं रकम आवश्यक पर्ने भएपछि उहाँहरु सहयोगी दाताको खोजिमा हुनुहुन्छ । खेती किसानी गर्ने र ईमान्दार बनेर काम गर्ने सिमान्तकृत माझी समुदायको उहाँको पती चक्रबहादुर माझी सहयोग पाए श्रीमती बाँच्ने आशामा हुनुहुन्छ ।
एउटै किमोको ३६ हजार रुपियाँ खर्च हुने नियमित रुपमा औषधिको सेवन गर्नुपर्ने भएकाले दाताले सहयोग गरे बाँच्ने आशा पलाएको बताउनुहुन्छ । नियमित औषधि सेवन र उपचारले निको हुने चिकित्सकले बताएकाले आशा पलाएको उहाँले उल्लेख गर्नुभयो ।
एउटा गरिबले उपचार पाएर मर्नु पर्ने हो भन्दै उहाँले सरकार, सहयोगी, देश विदेश बस्ने मनकारीसँग सहयोगको याचना गर्नुभएको छ । उहाँलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने उहाँको खातामा सिधै सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
35107010013934 ग्लाेबल अाईएमई बैक लि.
इताछे शाखा शाखा भक्तपुर
सम्पर्क
9818288668

तपाईको प्रतिक्रिया