धुलिखेल अस्पतालमा उपचारको क्रममा आमा र नवजात शिशुको मृत्यु

काभ्रेपलाञ्चोक जिल्लाको, नमोबुद्ध नगरपालिका-९ निवासी कान्छामान लामा तामाङकी श्रीमती माईली माया तामाङ (उमेर ३०) को उपचारको क्रममा मृत्यु भएको छ। माईली माया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती थिइन्।

पहिले देखिनै नियमित चेक जाँच गराउँदै आएकी माईली माया तामाङ मिति २०८१/०४/०७ गते पुन: चेक जाँचको लागि मेथिनकोट अस्पताल, भकुण्डे पुगेकी थिइन्। सोही दिन उनको अवस्था बिग्रिएकोले धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका-६ मा बिस्तृत परीक्षणको लागि पठाइएको थियो।

धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकोले ०९ गते २ बजे अप्रेशन गरी नवजात शिशु निकालिएको थियो। नवजात शिशुको अवस्था गम्भीर रहेकाले १:२० बजे मृत्यु भएको थियो।

आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई २:१५ बजे ICU मा राखिएको थियो। उपचारको क्रममा माईली माया तामाङको ९ गते ३:१५ बजे मृत्यु भएको थियो।

यस घटनालाई लिएर विभिन्न पक्षबीच छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाइएको छ। यस घटनाले अस्पतालको चरम लापरवाही भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन् । यस अघि पनि विगत वर्षहरूमा पटक पटक सुत्केरी महिलाको र बिरामी कुरुवाको समेत निधन भएको थियो ।

तपाईको प्रतिक्रिया