विपदबाट बच्ने उपाय बोकेर पहाड उक्लियो काभ्रे प्रहरी

बनेपा÷खोला तर्ने व्रmममा बगाएर एक सातामै एउटै खोलाले पाँच जनााको ज्यान लिएपछि प्रहरी पहाड उक्लिएको छ । पहाडमा बस्ती र खेतीपातिको काम गर्न बेसी आउँदा खोलाको बहावको जानकारी नहुने र एक्कै पटक खोलामा हेलिदाँ खोलाले बगाउने घटना बढेपछि पहाडका बस्तीमा पुगेर मनसुनजन्य विपद्मा कसरी बच्ने भन्ने उपाय बोकेर गाउँ–गाउँ पुगेको हो ।

मनसुनजन्य विपद्का कारणले घटिरहेका घटना आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरु बच्न आम नागरिकले अपनाउनु पर्ने सुरक्षाविधि, बच्ने उपाय र घटनापछि प्रहरीलाई जानकारी गराउने बिषय बोकेर प्रहरी गाउँ छिरेको हो ।
एकै पटक मातहतका एक दर्जन प्रहरी चौकीबाट खटिएको टोलिले स्थानीय नागरिकसँग छलफल र अन्तरकृया गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले विशेष गरेर रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका केन्द्रीत भएर प्रहरी गाउँबस्तीमा पुगेको हो । धेरैलाई खोला कसरी तर्ने, खोलाको वहाव कस्तो रहेको छ भन्ने जानकारी नहुँदा खोलाले बगाएर मृत्यु भएपछि गाउँगाउँमा सामाजिक चेतना फैलाउन पुगेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी चौकी भकुण्डे, प्रहरी चौकी पनौती, प्रहरी चौकी कटुञ्जे, प्रहरी चौकी कानपुर, पोखरी नाारायणस्थानमा पुगेर समुदायमै सचेतना जगाएको हो । विद्यालय बन्द रहेको र खोला तर्ने क्रममा तीन जना बालबालिकको मृत्यु भएकाले बालबालिकालाई समेत केन्द्रीकृत गरेर सचेतना कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी काभ्रेका प्रवक्ता एवं डिएसपी राजकुमार श्रेष्ठले प्रहरीले गाउँमा पुगेर विपद्मा आउन सक्ने जोखिम र त्यसबाट बाँच्न आवश्यक तरिकाको बारेमा जानकारी उपलब्ध गराउने उदेश्यले टोलटोलमा पुगेको जानकारी दिनुभयो ।
उहाँले प्रहरी गाउँमा पुगेपछि स्थानीयले संम्भाव्य जोखिमयुक्त स्थानको जानकारी गराउने पनि उहाँले बताउनुभयो । प्रहरीसँगै स्थानीय जनप्रतिनिधी,शिक्षक र महिला स्वयसेविकासँग विपद्का बारेमा अन्तरकृया गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया