
खानीखोला – बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारी सहयोगमा जागरण नेपालको आयोजनामा सञ्चालित गृहणी महिला सशक्तिकरण कार्यक्रम समापन भएको छ । आईतबार पालिकाको सभाहलमा भएको कार्यक्रममा सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिम र अचार बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङको प्रमुख आथित्यतामा भएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्री ईन्द बहादुर थिङ (छिन्ताङले) सीप सिकेर आत्म निर्भर र सीपको सदुपयोग गर्न सबैले ध्यान दिनुपर्न बताए । महिलाहरुलाई सीप मुलुक तालीम स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन गर्ने उदेश्यले साबुन र अचार बनाउने तालीमसंगै जसको उत्पादन उसैलाई अनुदानमा कार्यक्रम संन्चालन गरिरहेको बताए ।
अध्यक्ष थिङले भने सीप सिकेर आत्म निर्भर रहने गरि सीपको सदुपयोग गर्न तालिम लिनुहुने सबै लाग्नु पर्छ । तालिम लिएर अब केहि परिवर्तन आउने स्थानीय उत्पादन संगै सीपलाई सदुपयोगसंगै उत्पादनमा जोड दिनु पर्ने अध्यक्ष थिङले बताए ।

खानिखोलामा बार्षिक ६६ हजार टन कफि उत्पादन भएको पाइन्छ । बार्षिक कफिबाट रु ४ करोडको आम्दानी भएको देखिन्छ । जसको उत्पादन उसैलाई अनुदान यस नारालाई पालिका सरकारले प्रती केजी कफिमा रु ३५ रुपैयाँ अनुदान दिदै आएको छ । गत सालको तुलनामा यसपाली तिन गुणाले कफि उत्पादनमा वृद्धि भएको पालिकाको कृषि शाखाले जनाएको छ । गत बर्ष अनुदान ७ लाख वितरण गरेको थियो । यो बर्ष २१ लाख रुपैयाँ विभिन्न कृषक समुह बनाई बितरण गरिएको छ । उत्कृष्ट समूह मध्ये कोदाखोरिया कफि उत्पादन सहकारी संस्थाले १५ हजार ४३४ केजी उत्पादन गरि रु ४ लाख ६३ हजार ३३ रुपैयाँ अनुदान लिएको कृषि शाखाले जनाएको छ ।
गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन र अचार बनाउने तालीममा वडा न ४ मा अचार बनाउने २५ जना महिला सहभागी वडा न ५ र ६ गरि ५० जना सहभागी रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, प्रशासन प्रमुख रामकृष्ण अर्याल, ५ नं वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, ४ नं वडा अध्यक्ष निशान मोक्तान, ६ नं वडा अध्यक्ष बृहस्पति घिसिङ, समाजसेवी श्री मिना पाख्रीन, मनिता थिङ लगायतको उपस्तिथिति रहेको थियो । जागरण नेपालका अध्यक्ष श्री लक्ष्मी पाख्रीनको अध्यक्षतामा समापन कार्यक्रम चण्डिका थापाले संचालन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया