महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा,३४ सय ३० घरमा बिजुली

 

सन्तोष न्यौपाने– जिल्लाको महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण सेवा घोषणा भएको छ । बिहिबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले महाभारत पूर्ण विद्युतीकरण भएको घोषणा गरे । महाभारत गाउँपालिकाको ७ वडामा ३४ सय ३० घर धुरीमा पूर्ण विद्युतीकरण भएको हो । विहिबारबाट महाभारतका पुरै वडाका सबै घरधुरीमा पहिलो पटक मिटर जडान गरी विद्युत्त उपलब्ध गराईए पछि पूर्ण विद्युतीकरण भएकाछन् ।
पूर्ण विद्युतीकरण घोषणा कार्यक्रममा बोल्न मन्त्री बस्नेतले विकासको मुल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भईरहेको बताए । काभ्रे र सिन्धुलीको सिमानमा रहेको कोखाजोर खोलामा जलासययुक्त आयोजनालाई अगाडी बढाउनको लागि सरकारले आयोजनाको भिजिभिलिटी अध्ययनका काम अन्तिम चरणमा पुगेको र बातावणर अध्ययनको काम करिब पूरा भईसकेकोले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाईसकेको बताए ।
कार्यक्रममा काभ्रे प्रतिनिधि सभा १ का सदस्य पुर्व मन्त्री सूर्यमान दोङले डााँडापारि क्षेत्रमा विद्युतीकरण सपम्पन्न गर्नका लागि सहयोग गर्ने सबै बधाईको पात्र भएको बताउँदै सो क्षेत्रको थप पूर्वाधार विकासको काममा निरन्तर लागिरहेको बताए । जनमुक्ति मार्ग आगामि ८४ सालसम्ममा कालोपत्रे गरिसक्ने बताउँदै बाँकी रहेका कोखाजोर जलायसयुक्त आयोजनाले पनि विस्तारै साथर्कता पाउने उनले बताए । जसले डाँडापारि क्षेत्रमा पर्यटकीय क्षेत्रको महत्वपूर्ण केन्द्रविन्दु बन्नेमा विश्वास व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका आम्दानीहरु सबै विद्युतीकरणमा नै लगानी गरेको बताए । अहिलेसम्ममा देशभरिमा करिब ५० वटा जिल्ला पूर्ण विद्युतीकरण भईरहेको र बाँकी जिल्लाहरुमा विस्तारको लागि निरन्तर काम भईरहेको बताए । काभ्रेपलाञ्चोक जिल्लाको विकटमा रहेको महाभारत गाउँपालिका पूणं विद्युतीकरण भईसकेको र खानीखोला गाउँपालिकालाई छिट्टै घोषणा गर्ने क्रममा रहेको उनले बताए । बागमती प्रदेशका केही सिन्धुली र कमवानपुर चाँडै नै सम्पन्न हुने र काभ्रेपलाञ्चोक त्यसतर्फ उन्मुख रहेको बताए । आफु अघिल्लो पटक कार्यकारी निर्देशक भएको वेलामा ३० प्रतिशत मात्रै विद्युतीकरण भएकोमा अहिले सम्पन्न गर्ने चरणमा रहेको घिसिङले बताए ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले महाभारत गाउँपालिका अध्यक्षको नेतृत्वमा भएको कामले विकासको नयाँ गन्तब्यतर्फ अगाडी बढ्न सहयोग मिलेको बताए । पूर्ण विद्युतीकरण भईसकेको अवस्थामा अब जनमुक्ति मार्ग निर्माण कार्य सम्पन्न भएपछि अझ डाँडापारिका नागरिकले थप सहजता पाउने विश्वास व्यक्त गरे ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले नेपाल विद्युत प्राधिकरणले विगत पाँच बर्षदेखि महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका बस्तिहरुमा तीन हजार ४३० घरधुरीमा विद्युत मिटर वितरण गरी लाईन प्रसारणको काम सम्पन्न भएपछि बिहिबार पूर्ण विद्युतीकरण पालिका घोषणा गर्न सफल भएको बताए । दुर्गममा बसेर पनि केन्द्रिय विद्युत प्रसारनलाई उपभोग गर्न पाउने गर्वको विषय भएको उनले बताए । केन्द्रिय प्रसारण लाईन पुगेपछि महाभारत गाउँपालिकाका स्थानियहरु खुशि भएका छन् ।

महाभारत गाउँपालिकामा विद्युुतीकरणको लागि पहिलो चरणमा १ अर्ब ५६ करोड बजेट विनियोजन भएकोमा ८३ करोड रुपैया महाभारत र खानीखोलाका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लो ठेक्कामा ४३ करोडमा सम्झौता भएको थियो । महाभारतमा मात्रै ५० करोड भन्दा धेरै खर्च पुर्ण विद्युत्तिकरणमा खर्च भएको पालिकाले जनाएको छ । गाउँपालिकाले सबै घरधुरीलाई मिटर बक्स जडानको लागि एक हजार अनुदान दिएका थिए । केन्द्रिय प्रसारन अघि लघुजलविद्युत्त र सोलरको भरमा महाभारत बासी भरपर्नुपर्ने अवस्थामा थिए । लघुजलविद्युत पानीपरेको समयमा बन्द हुने समस्य स्थानियहरुमा बिगतमा थियो ।

तपाईको प्रतिक्रिया