जिल्लाको चौंरीदेउराली गाउँपालिक ८ बिर्ता देउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वुधबार साँझ ७ बजे बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटो बाट मध्य पहाडी लोकमार्ग निस्कदै गरेको बागमति प्रदेश ०२–०३० प ३२६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रोशी गाउँपालिका ९ बस्ने बर्ष २५ का सुमन कुमार लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी सवार तेमाल गाउँपालिका ५ बस्ने बर्ष ४० का सरोज लामा सामान्य घाइते भएको उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया