नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गरेर सिध्याउने प्रयास असफल भएको बताएका छन् ।
एमाले काभ्रेको एघारौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले देशभित्र र बाहिर सबैतिरका प्रतिक्रियावादी शक्तिहरु एकै ठाउँमा जम्मा भएर एमालेविरुद्ध हमला गरेको भए पनि एमालेले परास्त गरेको बताए ।
उनले भने, ‘एमालेको नेतृत्वलाई विस्थापित गर्न अनेक प्रयास भए, ती सबै प्रयास असफल भए । त्यो प्रयास असफल भएपछि विभाजन गर्नेतर्फ लागे र विभाजन गराइदिए । यो विभाजन हुँदै जाँदा कुनै मतभेदले भएको होइन, तर एमालेलाई टुक्राउने, सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायका साथ भएका हुन् ।’
धिबेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न, प्रतिस्पर्धालाई सहमति र सहमति हुन नसके प्रतिस्पर्धामा जान, निर्वाचन सकिए पछि फेरी एकमन र एकताका साथ पार्टी कामलाई अघि बढाउन निर्देशन दिए ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, कृष्ण राई, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंङ्गेल, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा सचिव राजन भुर्तेल लगायतले एमाले अधिबेशन, आगामी कार्यभार र नेतृत्वका सन्र्दभमा धारणा राखेका थिए ।
नेकपा एमाले काभ्रेको ११ जिल्ला अधिबेशनको बन्द सत्र भोली जेष्ठ २९ मंगलबार विहान ९ बजेबाट धुलिखेल नगरपालिकाको सभा हलमा हुने भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको थियो । बन्द सत्रमा पनि केन्द्रिय कमिटीका नेताहरु सहभागि हुनेछन् । जिल्लाभरीबाट सहभागि प्रतिनिधीहरुलाई विहान ९ बजे उपस्थितीका लागि आब्हान गरिएको सचिव राजन भुर्तेलले जानकारी दिए
तपाईको प्रतिक्रिया