बनेपा÷काभ्रे उद्योग वाणिज्य संघ काभ्रेको निर्वाचन घोषणा भएसँगै जिल्लाका उद्योगी व्यापारीबीच निक्कै चर्चा र परिचर्चा चलिरहेको छ । आफ्ना समस्या समाधान गर्नेदेखि उद्योगी व्यापारीलाई सहजीकरण गर्ने र अभिभावकत्व प्रदान गर्ने संस्था भएकाले पनि सवल नेतृत्वको चाहना आम व्यवसायीले गरिरहेका छन् ।
उद्योग वाणिज्य संघ काभ्रे जुन हिसाबले अघि बढ्नु पर्ने थियो । त्यसरी बढ्न नसकेको गुनासो आइरहेको समयमा अध्यक्ष पदका लागि सबैभन्दा योग्य उम्मेदवारको रुपमा बरिष्ठ उपाध्यक्ष प्रताप वैद्यले आफूलाई अघि सारेका छन् । उहाँको उम्मेदवारी घोषणासँगै उद्योगी व्यापारी उत्साहित देखिएका छन् ।
जेठ १९ गते हुने निर्वाचनका लागि वैद्यले अध्यक्षको घोषणा गरेपछि व्यापारीबीच बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी, कार्य समिति सदस्य वर्गिय संयोजक कसलाई बनाउने भन्ने बारेमा चर्चा परिचर्चा पनि गर्न थालेका छन् ।
हालसम्म अध्यक्ष पदमा वैद्य बाहेक अरुले उम्मेदवारी घोषणा गरेका छैनन् । तर जिल्लाकै उद्योगीहरुको छाता संस्था भएकाले आकाक्षा देखाउने पनि छन् । हालसम्म उपाध्यक्ष राजन मानन्धर र उद्योगी बसन्तनारायण भोछिभोयाले अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने सङ्केत गरेपनि घोषणा नै भने गरेका छैनन् ।
कार्यसमिति सदस्यदेखि बरिष्ठ उपाध्यक्षसम्म व्रmमिक रुपमा अघि बढेका वैद्यको उम्मेदवारी घोषणा स्वभाभिक नै रहेको प्रतिव्रिmया आउन थालेसँगै वैद्यले भेटघाटलाई बढाएका छन् ।
उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा उद्योगी व्यापारी पनि लागेका छन् । आफू अध्यक्षमा भएपछि उद्योग वाणिज्य संघलाई कसरी संञ्चालन गर्ने भनेर आफ्नो व्रmमबद्ध योजना बोकेर उद्योगीसँग पुगेका वैद्यलाई निक्कै उत्साह मिलेको छ ।
निर्वाचनमा होमिएका वैद्यसँग आसन्न निर्वाचनमा केन्द्रीत रहेर हामीले प्रतिक्रिया लिएका छौ । उहाँले काभ्रे उद्योग वाणिज्य संघलाई जिल्लाभरीका उद्योगी व्यापारीको प्रोत्साहन, समस्या समाधान गराउने साझा थलोको रुपमा विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
वैद्यले जिल्लामा भएका समस्या समाधान कसरी गर्न सकिन्छ भनेर उद्योगी व्यापारीसँग बृहत अन्तरकृया गर्ने बताउनुभयो । उहाँले व्यापार र उद्योग बिना राज्य चल्न नसक्ने भएकाले उद्योगीले सहज रुपमा व्यापार गर्न पाउने वातावरणको सृजना गर्ने लक्ष्य लिनु भएको छ । त्यसका लागि सबै क्षेत्रबाट साथ सहयोग हुने उहाँले विश्वास लिनु भएको छ ।
जिल्लामा रहनु भएका व्यापारी तथा उद्यमीहरुलाई के कसरी सहज रुपमा व्यापार व्यवसाय गर्ने, सहज र रुपमा बैङ्कीक कारोबार उपलब्ध गराउन भुमिका निर्वाह गर्ने, नयाँ उद्योग काभ्रेमा भित्राउने, चलेका उद्योगलाई कसरी टिकाउने, साना उद्योगीलाई प्रोत्साहन गर्नका लागि काभ्रे उद्योग वाणिज्य संघले अभिभावकको भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले सामुहिक रुपमा टिम वर्क मार्फत काभ्रेका उद्योगी व्यवसायीको हक अधिकार स्थापित गराउन योजना बनाउने बताउनुभयो ।
उद्योग व्यवसायीको संस्था भएकाले समाज रुपान्तरणका लागि उद्योग वाणिज्य संघले विशेष भुमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सामाजिक र साँस्कृतिक र धार्मिक कार्यमा उद्योगी व्यापारीले योगदान गर्ने हिसाबले काम गर्ने बताउँदै उद्योगी व्यापारीले नाफा मात्रै खादैनन् सामाजिक कार्यहरु पनि निरन्तर रुपमा गर्ने अवस्थाको सृजना गर्ने बताउनुभयो ।
कुनै पनि टोल समाज तथा राष्ट्र निर्माणमा सबैभन्दा ठूलो भुमिका सभ्य नागरिकको हुन्छ । नागरिकको भुमिकाले नै देश निर्माण हुने भएकाले हाम्रो समुदायमा सभ्य र अनुशासित नागरिक कसरी बन्न सक्नु पर्छ । आफू बनौ अनि समुदायलाई पनि सभ्य बनाऔं भन्ने भावनालाई आफू नेतृत्वमा पुगेपछि स्थापित गराउने उदेश्यले अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो
व्यवसायीले आयातलाई प्रतिस्थापना गरेर आत्मनिर्भर बनाउने अभियानको सुरुवात काभ्रेपलाञ्चोक जिल्लाबाट सुरु गर्ने योजना रहेको बताउँदै कम्तीमा काभ्रे जिल्लालाई आत्मनिर्भर बनाउन प्रयासमा लाग्ने उल्लेख गर्नुभयो । कृषि दुधजन्य उत्पादन, तरकारी, मासु, अण्डामा आत्मनिर्भर बनाउँदै घरेलु उद्योगलाई प्रोत्साहनको नीति लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया