संस्कार सहितको शिक्षा दिदै बेलर सिडिओदेखि कर्णेलले गरे विद्यार्थीको कार्यको प्रशंसा

बनेपा । बेलर किड्स क्यासलको १३ आंै दीक्षान्त समारोहमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । अहिले विद्यालय भनेको अंक गणित मात्रै नभएर मौलिक, साँस्कृतिक र संस्कार सिकाउने थलो भएको प्रमाणित बेलर किड्स क्यासलको १३ औं दीक्षान्त समारोहका अतिथीहरुले बताएका छन् ।
काभ्रेका सिडिओ रुद्रादेवी शर्माले शिक्षाको गुणस्तर कायम राख्न मौलिक, साँस्कृतिक र संस्कार सिकाउने कार्य गरेको देखिएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले अहिलेका बालबालिकाको मनोविज्ञानलाई बुझेर विद्यालयमा शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । विद्यार्थीका लागि सामाजिकरण गर्ने कुरामा ध्यान पु¥याउँदै शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पढ्ने सामाजिक उत्तरदायित्व पुरा गर्ने नैतिक शिक्षा आजको आवश्यकता बनेको र त्यो कार्य पुरा बेलर किड्स क्यासलले गरेको आभाष भएको बताउनुभयो ।
पहिलो चरणमा शुक्रबार र दोश्रो चरणमा शनिबार हुने दीक्षान्त समारोहमा युकेजीका ५७ जना विद्यार्थी दीक्षित हुनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रिन्सिपल सविना कारंजितले राख्नु भएको थियो । कार्यक्रममा गणपति प्रकाशबहादुर सिंह, जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का,राष्ट्रिय अनुशन्धानका एसपी शेरजंग बहादुर चन्द, सशस्त्र प्रहरी डिएसपी गणेश भट्ट र पत्रकार ईश्वरी ओझाले बेलरले विद्यार्थीले दीक्षान्त समारोहका देखाएको साँस्कृतिक कार्यक्रम निक्कै राम्रा भएको भन्दै प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया