कोठे दायाँगाउँ बृहत खानेपानी आयोजनाको शिलान्यास

काभ्रेको खानीखोला गाउँपालिका–१ कोठे दायाँगाउँमा पानीको आपूर्ति सहज बनाउन झण्डै ३ करोडको लागतमा बृहत् खानेपानी आयोजना निर्माण थालिएको छ।

खानीखोला १ को कोठे दायाँगाउँमा निर्माणाधीन कोठे दायाँगाउँ बृहत खानेपानी आयोजनाको शनिबार पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुर्यमान दोङ (लालध्वज) ले शिलान्यास गरेका हुन्।

संघीय सरकारको विषेश अनुदानमा २ करोड ७६ लाख ८५ हजार लागतको आयोजना अघि बढेको हो। २०८२ असार १५ गतेमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो। बिजय स्ट्रक्चर प्रा.लि.ले आयोजनाको ठेक्का पाएको छ। आयोजनाको कामले तिव्रता पाउने ठेकेदार कम्पनीका बिजय लामा बताए।

पानीका पुराना मुहान सुक्दै गएपछि खानेपानीको अभाव भोगिरहेका बासिन्दाहरु आयोजना बन्ने भएपछि खुसी छन्। आयोजनाबाट १ सय ६८ घरधुरी प्रत्यक्ष लावान्भित हुने तथ्याङक रहेको छ।

संघीय सरकारको विषेश अनुदानले अघि बढाएको आयोजनाको ठेक्का लागिसकेकाले काम अघि बढ्ने जानकारी दिइएको छ। ‘चुनावमा गरिएको खानीखोला गाउँपालिकामा एक घर एक धारा भन्ने प्रतिवद्धता अनुरुप आयोजना अघि बढेको छ। आयोजना पुरा गरेपछि खानेपानीले समस्या समाधान हुनेछ’ खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) भने ‘निर्माण कम्पनीले समयमानै काम सक्ने छ भन्ने विश्वास लिएका छौँ।’

पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज)ले कोठे दायाँगाउँ बृहत् खानेपानी आयोजना महत्वर्ण आयोजना भएकोले निर्माण कम्पनीले काममा कुनै हेलचेक्रइ र ढिलासुस्ती नगरी समयमै पारदर्शी ढंगले काम सम्पन्न गर्न आग्रह गर्नु भएकोछ । मन्त्री दोङले आयोजनामा कुनै समस्या भएको खण्डमा आफु सहयोग गर्न तयार रहेको बताउनु भयो ।

प्रमुख अतिथी माननीय पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङ (लालध्वाज) विशेष अतिथी खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दैबलाल घिसिङ, मिना पाख्रिन , होम बहादुर खुलाल, राजन अधिकारी, सृर्जना थिङ, अनामोल आचार्य ,वडा अध्यक्षहरु निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, सागर जिम्बा, सन्चमान थिङ लगाएतको स्थानीय नेताहरुको उपस्तिथिमा शिलान्यस भएको थियो।

 

तपाईको प्रतिक्रिया