स्व उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार बितरण

बनेपा – नेपाल प्रेस युनियन काभ्रे शाखाले स्थापना गरिएका स्व उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार मंगलबार बितरण गरिएको छ । मंगलबार बनेपामा भएको पुरस्कार बितरण कार्यक्रम प्रेस युनियन काभ्रे शाखा अध्यक्ष नगेन्द्र अधिकारीको सभाध्यक्ष नेपाली कांग्रेस केन्द्रिय सदस्य शिब प्रसाद हुमागईको प्रमुख आतिथ्यतामा भएको थियो । रेडियो रोशीका पत्रकार शोभा हुमागाईं लाई नगद ५ हजार ५ सय ५५ रूपैयाँ सहित प्रमाण पत्र बितरण गरिएको थियो । उर्मिलाको निधन भएकै दिन प्रत्येक बर्ष फागुन १५ गते यो पत्रकारिता पुरस्कार वितरण गरिदैँ आएको छ ।
अध्ययनका लागि ललितपुर जाने क्रममा उर्मिलाको निधन भएको थियो । उर्मिलाको २०६७ सालमा मृत्यु भएपछि बुबा गोपाल कृष्ण सापकोटा र दाजु नवराज सापकोटाले उर्मिलाको स्मृतिमा पुरस्कार स्थापना गरिएको थियो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति ठाकुर न्यौपाने, उपसभापति रमेश हुमागाईं, सचिब माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, रोशी गउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, प्रेस युनियनको पुर्व केन्द्रिय उपाध्यक्ष ओझा, प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोईराला, प्रेस युनियन बागमति प्रदेशका लेखा शाखा संयोजक शंकर अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटाले आ आफ्नो भनाई राखिएको थियो ।

तपाईको प्रतिक्रिया