बनेपा÷जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ट्राफिक सचेतना जगाउन काभ्रेमा ट्राफिक सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताह २०८० प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । त्यस्तै शुक्रबार स्वयसेवक मार्फत सचेता कार्यक्रम प्रदान गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार शुक्रबारे स्वंयसेवक मार्फत काभ्रेमा सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाएको छ । काभ्रेमा सडक काट्ने क्रममा दुर्घटनाको जोखिम रहेकाले सो कार्यक्रम आयोजना गरेको हो । शुक्रबार नै चेतनामूलक स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
शनिबार ग्रामीण सडक लक्षित कार्यक्रम, भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिने उहाँले उल्लेख गर्नुभयो । आईतबार सवारी चालकहरुसँग पाँच मिनेट ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण गर्नेछ ।
माघ २९ गते सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना मार्फत सचेत गर्ने फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको स्वास्थ्य परीक्षण तथा सवारी साधनहरुको यान्त्रिक परीक्षण गर्नेछ । फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाबीच अन्तरकृया गरिने घिमिरेले उल्लेख गर्नुभयो ।
सात दिनसम्म यसरी मनाउँदै छ काभ्रे ट्राफिकले सप्ताह
2024-02-09T17:47:20+05:45
तपाईको प्रतिक्रिया