
जिल्लाको धुलिखेलमा बागमती प्रदेश स्तरिय फुटबल रेफ्रि तालिम सुरु भएको छ । बागमती प्रदेश भित्रको ११ जिल्ला बाट तालिममा सहभागि छन् । ११ जिल्ला बाट ४० जना फुटबल रेफ्रि तालिममा सहभागि रहेको बागमती प्रदेश फुटबल संघको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । प्रदेश भित्रका १८ वर्षदेखि ३५ वर्षसम्मका खेलाडी, पूर्व खेलाडी र फुटबल खेलसँग आबद्धलाई रेफ्रि उत्पादन गर्ने उदेश्यले प्रशिक्षण तालिम सुरु भएको अध्यक्ष श्रेष्ठले बताए । तालिम एक साता सम्म सैद्धान्तिक र प्रयोगात्मक हुने संघले जनाएका छन् । प्रदेश स्तरिय तालिममा रामेछाप र रसुवा जिल्ला बाट सहभागि छैनन् ।
बागमती प्रदेश खेलकुद परिषदको सहयोग र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो । प्रशिक्षणबाट दक्ष, शारीरिक एवं मानसिक रुपमा तन्दुरुस्त जनशक्ति उत्पादनमा जोड् दिने संघले जनाएको छ ।
बागमती प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले तालिमको आईतबार उद्घाटन गरे संगै तालिम सुरु भएकाछन् ।
तालिममा रेफ्रिहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास गर्नुका साथै मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने छ । फुटबल खेलको लागि तालिम बाट क्याटेगोरी चार रेफ्रि उत्पदान हुने प्रदेश फुटबल संघले जनाएको छ ।
बागमती प्रदेश स्तरिय फुटबल रेफ्रि तालिम सुरु
2024-02-04T15:51:42+05:45

तपाईको प्रतिक्रिया