अघिल्लो सेयर कारोबार साताको अन्तिम दिन बिहीबार ३२.७७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेको छ। बजार दोहोरो अंकले घटेपनि एक दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल, कालिका पावर,सामलिङ पावर,बीपीडब्लु लघुवित्त वित्तीयलगायत १२ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन ३०९ कम्पनीको मूल्य १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ३० करोड बढी मूल्यको कारोबार भयो। हाथवे इन्भेस्टमेन्टको २९ करोड,सोनापुर मिनरल्सको २८,ग्रोथ सिमेन्टको २२ करोड र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो।
तपाईको प्रतिक्रिया