जेष्ठलाई कम्मल र उत्कृष्टलाई सारथीको नगद नै सम्मान चार बर्षका लागि दिलिप कै नेतृत्वमा नयाँ समिति

 

बनेपा÷ सारथी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको आठांै बार्षिक साधारण सभा शनिबार धुलिखेलमा सम्पन्न भएको छ । शुक्रबारबाट विभिन्न सेवा केन्द्रमा सुरु भएको साधारण सभा शनिबार होटल सारथीमा विविध कार्यक्रम गर्दै सम्पन्न भएको हो । सहकारीको साधारण सभाको अवसरमा जेष्ठ बचतकर्तालाई कम्मल तथा अन्य विधामा उत्कृष्ट हुनेलाई नगद नै सहित सम्मान गरिएको थियो ।
सहकारी नेता डिबी बस्नेत, टिकाबल्लभ सापकोटा, पाँचखाल नपाको उपप्रमुख सुर्यमाया दनुवार लगायतकाले उहाँहरुलाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता, ऋणी र बाल बचतकर्ता रहेका छन् । त्यस्तै जिल्ला सहकारी संघ काभ्रे नेपालमै नमूना सहकारी बनेकोमा विशेष सम्मान गरिएको थियो ।
साधारण सभामा बोल्दै बस्नेतले नेपालका अरु सहकारीले अघिल्ला बर्षहरुमा भन्दा कारोबार कम गरेपनि सारथी बहुउदेश्यीय सहकारीले यो बर्ष अघिल्लो बर्ष भन्दा दुई करोड धेरैको कारोबार गरेर उदाहणीय बनेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले सहकारीले स्वास्थ्य, शिक्षा, कृषि हरेक क्षेत्रमा काम गर्न सक्ने उल्लेख गर्नुभयो । झापा जिल्लाका सहकारीले गरेको उदाहरणीय कार्यको चर्चा गर्दै उहाँले जिल्ला सहकारी संघ काभ्रेले पछिल्ला बर्षमा हासिल गरेको उपलब्धीको चर्चा गर्नुभयो ।
दुग्ध सहकारीको क्षेत्रका अभियान्ता टिकाबल्लभ सापकोटाले सहकारीको भिडमा सारथीले खेलेको भुमिमा अनुकरणीय र प्रशंसनीय रहेको बताउनुभयो ।
पाँचखाल नगरपालिकाको उपप्रमुख सुर्यमायाँ दनुवारले काभ्रेका विभिन्न स्थानमा सेवा केन्द्र रहेको सहकारीले बचत तथा ऋण मात्रै नभएर धेरै क्षेत्रमा काम गरेको बताउनुभयो ।
२०७२ सालमा २४ लाख वासलात रहेको संस्थाले यो बर्ष २३ करोड ८२ लाखको वासलात प्रस्तुत गरेको छ । जुन अघिल्लो बर्षभन्दा दुई करोडले धेरै हो । सहकारीको साधारण सभामा सचिव प्रल्हाद प्याकुरेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष काशिराम थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । लेखा समितिको संयोजक नविन बडालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभयो ।
चार बर्षका लागि दिलिपकै नेतृत्व
सारथी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको चार बर्षको लागि दिलिप शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा रोशनी उपाध्याय, सचिवमा प्रल्हाद प्याकुरेल, कोषाध्यक्षमा काशीराम दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिमा सरिता लामा, यादव कोइराला, रेणु थापा, टोमप्रसाद सापकोटा, रामप्रसाद श्रेष्ठ चयन भएका हुन् । त्यस्तै लेखाा समितिको संयोजकमा नविन वडाल र सदस्यहरुमा विपिन बिष्ट र मञ्जु तामाङ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया