पनौती – पनौती नगरपालिका वडा नं ५ को वडा कार्यालयमा हरेक महिनामा धुलिखेल अस्पताल बाट प्रविधिक सहयोगमा मधुमेह (सुगर) परिक्षण लगायत स्वास्थ्य परिक्षण कार्यक्रम निरन्तर रहेको वडा कार्यालयले जनाएको छ । वडाका सबै जेष्ठ नागरिकहरु लगायत वडाका सबै नागरिकहरुको सुबिधाको लागि आफ्नो वडा स्तरमै स्वास्थ्य जांच, रगत परिक्षण लगायत स्वास्थ्य सेवाहरु निरन्तर दिएको पनौती नगरपालिका वडा नं ५ को वडा अध्यक्ष बिनोद खत्रीले जानकारी दिए । म निर्वाचित भए देखिनै वडा स्तरमै नगरिकहरुको सुबिधाको लागि वडा स्तरमै सेवा सुरु गरिएको अध्यक्ष खत्रीले बताए । निरन्तर रहेको स्वास्थ्य परिक्षण सेवामा हरेक महिनामा सेवालिने बृद्ध बा आमा देखि सेवालिनेहरु बृद्धि हुदै गएको वडा अध्यक्ष खत्रीले बताए ।
वडामा गरिएको स्वास्थ्य परिक्षणमा मधुमेह लगायत अन्य बिरामीहरुको लागि औषधि वडामा रहेका स्वास्थ्य केन्द्रहरु मार्फत उपलब्ध गराउदै आएको शहरी स्वास्थ्य केन्द्र प्रमुख सुनिल केसीले जानकारी दिए । हरेक महिनामा गरिएको स्वास्थ्य परिक्षणको रिर्पाेट र बिरामीको लागि औषधि ४ दिन पछि स्वास्थ्यकर्मीहरुले वडा कार्यालयबाट नै बितरण गर्ने गरिएको केसीले बताए ।
तपाईको प्रतिक्रिया