भूकम्पमा परी जाजरकोट र रुकुममा १ सय २३ जनाको मृत्यु


जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यू भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार पछिल्लो बिबरण अनुसार भुकम्पमा परी जाजरकोटमा मात्र ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप बिबरण संकलन हुँदैछ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्मृत्यु भएको हो ।
नेपाल प्रहरी, नेपाली सेना र सशष्त्र प्रहरी बलको सयुक्त टोली दुवै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्त गोपालचन्द्र भट्टराईले बताए । उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा समस्या भईरहेको छ । जाजरकोट र रुकुम पश्चिमका ग्रामिण क्षेत्रबाट घाइृतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ । त्यसबा लागि सम्बन्धित निकायमा पहल भईरहेको छ । दुवै जिल्लाका अबरुद्ध सडक खुलाउनका लागि पहल भईरहेका छ ।

तपाईको प्रतिक्रिया