विश्व शान्तिको लागि काठमण्डौ स्वयम्भु देखि काभ्रे नमोबुद्ध सम्म पदयात्रा


विश्व शान्तिको लागि भन्दै काभ्रे सेवा समाज र जिल्ला समन्वय समिति काभ्रेको अयोजनामा काठमण्डौको स्वयम्भु देखि जिल्लाको पनौती हुदै नमोबुद्ध सम्म पदयात्रा गरिएको छ । बिश्व शन्ति दिवस २१ सेप्टेम्बर बाट शान्तिको सन्देश दिदै शान्ति पदयात्रा सुरु गरिएको अयोजकले जनाएको छ ।
पनौतीमा पदयात्रा कार्यक्रमको सुरुवात गर्दै प्रमुख अथिति नेपाल सरकारको पुर्व प्रधान मन्त्री खिलराज रेग्मीले यस्तो अभियानले सामाजिक रुपमा निकै ठुलो अर्थ राख्ने बताए । शान्ति पदयात्राले सिंगो जिल्लाको पर्यटन प्रवर्दन देखि सबैखाले रुपान्तरण गर्न मद्धत पुग्ने बतए । समाजमा बढ्दो घृणा, असहिसुण्णता र हिंसाको अन्त्य गरी विश्वव्यापी रुपमा शान्तिपूर्ण वातावरण निर्माणका लागि प्रत्येक बर्ष अर्न्तराष्ट्रिय शान्ति दिवसको कार्यक्रम मनाउने गरिएको छ । यसै सन्दर्भमा २३ सेक्टेम्बर अर्थात ६ असोज २०८० मा शान्तिका लागि कार्य नारासहित विश्व शान्ति दिवस मनाएको हो । जिल्ला समन्वय समीति, काभ्रे र काभ्रे सेवा समाज, काभ्रेले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेको रुपमा लिइने नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्राको आयोजना गरिएको जनाएको छ । विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउने र भावना जागृत गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरुको प्रवर्द्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यसहित शान्ति पदयात्राको आयोजना गरिन लागेको काभ्रे सेवा समाजको अध्यक्ष प्रलाद केसीले बताए । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ । यो पदयात्राको महत्व पनौती र नमोवुद्ध क्षेत्रसँग नेपाल र विश्वको लागि महत्वपूर्ण रहेको केसीले बताए । जिल्ला समन्वय समीति काभ्रे र काभ्रे सेवा समाज काभ्रेको संयुक्त अग्रसरतामा विभिन्न सरकारी, स्थानिय निकाय, गैरसरकारी तथा शान्ति र पर्यटनसँग सम्बन्धित सरोकारवाला निकायहरुको सहयोग र सहजीकरणमा यो पदयात्रा गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए । विश्व सांस्कृतिक शान्ति पदयात्राको महत्व र अपेक्षा विश्व शान्ति दिवसको अवसर पारेर आयोजना गर्न लागिएको विश्व सांस्कृतिक शान्ति पदयात्राको विशेष महत्व शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिक तथा आन्तरिक र वाह्य पर्यटन प्रवर्दर्धनका लागि यसको विशेष महत्व रहने प्रमुख गौतमले बताए ।
शान्ति पद यात्रामा काठमण्डौको बिभिन्न स्थानहरु देखि सहभागिता रहेको थियो । अभियानमा १ हजार भन्दा धेरैले पनौती देखि ९ किलोमिटर नमोबुद्ध सम्म पैदल हिडेर पुगेका थिए । पदयात्रामा हिड्ने यात्राुहरुलाई बिच बिचमा नास्ता र पानीको ब्यवस्थान गरिएको थियो । पदयात्रामा रहेका सबै सहभागिहरुलाई जिल्ला समन्वय समिति र पनौती नगरपालिकाले टोपी र टिर्सट बितरण गरिएको थियो ।
पदयात्रा कार्यक्रममा बागमती प्रदेशको मन्त्री तिर्थ लामा, लक्षमण लम्साल, संघिय संसद गोकुल बाँस्कोटा, सुर्यमान दोङ लगायतले शान्ति पदयात्रा सफलताको शुभकामना राखिएको थियो ।

तपाईको प्रतिक्रिया