नेपाल पर्यटन यातायात व्याबसायी सघको अध्यक्षमा सापकोटा उम्मेदवारी

 

नेपाल पर्यटन यातायात व्याबसायी सघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटाको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । पर्यटन यातायात व्याबसायमा सानै उमेरदेखि सुरुची पुर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्द टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा लि का प्रबन्ध निर्देशक छन । सापकोटा लामो समय पर्यटन क्षेत्रमा सेवा गरिदै आएका ब्यक्ति हुन् । यहि भदौ १९ गते हुने नयाँ नेतृत्वको लागि सापकोटाको नेतृत्वको प्यानलवाट वरिष्ठ उपाध्यक्ष भरत प्रसाद तिमल्सिना, उपाध्यक्ष अन्जन महर्जन र महासचिवमा अनिल मोक्तानको उम्मेदवारी परेकाछन् । सापकोटाकै प्यानल बाट सचिवमा प्रमोद प्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेत र सदस्यहरुमा वाजिराम घिमिरे, इन्द्र बहादुर पाठक, सुदिन महतको उमेदवारी दर्ता भएकाछन् । निर्वाचन भएपछि सघको साधारण सभा भाद्र २२ मा हुने संघले जनाएको छ । अध्यक्ष पदमा तपाइको उमेदवारी किन भन्ने प्रश्नमा सापकोटाले व्यबसायलाई थप मर्यादित र सेवालाई प्रभावकारी बनाउन तथा व्यबसायीको हक हितमा समर्पित भएर लाग्ने उदेश्यले आफुले उमेदवारी दिएको बताए । संघमा बिगतमा नेतृत्व गरिनु भएका पुर्व अध्यक्षहरु लगायत आम व्यावसायीहरुको साथ , समर्थन मेरो प्यानल भएको सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया