मोटरसाईकल वर्कशपमा फेला परेका थिए, सहकारीमा ३२ लाख लुट्ने समुहका सदस्य

पनौती÷काभ्रे प्रहरीको टाउको दुखाई बनेको थियो, पनौतीमा रहेको सामुदायिक साकोसमा ३२ लाख चोरिएको घटना । सादा पोसाकका प्रहरीले आफ्नो ढंङ्गबाट अनुशन्धान सुरु गरिसकेका थिए । प्रहरीले काभ्रेपलाञ्चोकबाट भागेर हेटौडा आसपासका क्षेत्रमा चोरहरु पुगेको मेसो पाईसकेको थियो । घटना घटेको केही समयमै काभ्रेका एसपीको नेतृत्वको टोलीले घटनास्थलको सबै अनुशन्धान गरिसकेको थियो । तालिम प्राप्त कुकुरको सहायताबाट प्रहरीले चोरको नजिक बढ्दै थियो ।


सिसी टिभी फुटेजका हाउभाउ हेरेर प्रहरी निरन्तर चोरको नजिक पुगेसकेको थियो । सादा पोशाकमा खटिएको प्रहरीको टोली हेटौडा जाँदै थियो । काठमाडौंको सतुङ्गल पुगेपछि बर्षात भयो । सो टोलीका सदस्य ओत लागेर एउटा मोटरसाईकल वर्कशपको नजिकै बसे । त्यहाँ उनको नजर नजिकै मोटरसाईकल सफा गरिरहेका युवामाथि पर्याे । उनले आफूले शंका गरेको व्यक्ति र उसको हाउभाउ र जिउडाल मिल्यो । तत्कालै नियन्त्रणमा लिएर नजिकैको प्रहरी चौकीमा राखे ।
नभन्दै चोरी समुहका सकृय सदस्य रहेको उनले स्वीकारे । साथीहरुको नाम भटाभट बकी हाले । प्रहरी त्यतीकैमा रोकिएन सोही आधारमा सोही रात उसले भनेको स्थानमा गएर नियन्त्रणमा लिदा एक व्यक्तिको साथबाट पाँच लाख ४५ हजार सहित रङ्गेहात समाते । एउटा भरुवा बन्दुक र एक थान गोली र बारुदसँगै ताला फुटाउने रड लगायतका सामाग्री सहित चोरीमा संम्लग्न चारजनालाई नियन्त्रणमा लिए । मंगलबार जिल्ला अदालत काभ्रेमा अनुशन्धानका लागि सात दिनको म्याद थप गरेर अनुशन्धान थाल्यो ।
पक्राउ परेका चारजना नै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका स्थानीय हुन् । पक्राउ परेका अमृत थिङ, गम्भिर भनिने सोमलाल थिङ, अखबर लामा, अशोक रुम्बा रहेका छन् ।
पनौती नगरपालिका– ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख चारी गरेको आरोपमा चारजना पक्राउ परेपनि दुई जना भने अझै फरार छन्। चोरीमा संलग्न भएको पहिचान भएका छ मध्ये चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालका अनुसार सहकारीमा बैशाख १९ गते राति साढे १ बजे ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ चोरी भएको बताइएको छ । सहकारीको मूल गेटको ताल्चा फुटाई पिपिई सेट लगाएका ५÷६ जनाको समूहले सहकारीका सुरक्षा गार्डलाई बन्दक बनाई सहकारीभित्र रहेको पैसा राख्ने भल्ब फुटाई चोरी भएको थियो ।
जिल्ला प्रहरीका अनुसार काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–१० सतुंगलबाट दुईजना र मकवानपुर जिल्ला इन्द्रसरोबर गाउँपालिका वडा नं. ४ बाट दुईजना गरी चारजना पक्राउ परेका हुन्। मकवानपुर इन्द्रसरोबर गाउँपालिका– ५ का २४ बर्षीय अमृत थिङ लामा र सोही स्थानका २९ बर्षीय गम्भीर भन्ने सोमलाल थिङलाई काठमाडौबाट तथा सोही ठेगानाका ३० बर्षीय अशोक रुम्बा र ३५ बर्षीय अकबर लामालाई स्थायी ठेगानाबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनीहरुबाट प्रहरीले नगद ५ लाख ४५ हजार रुपैयाँ बरामद गरेको छ । चोरीमा प्रयोग भएको फलामको रड एक थान, भरुवा बन्दुक एक थान, फलामको गोली एक थान, बन्दुकमा प्रयोग हुने बारुद १ बट्टा, फलामको रेन्चु एक थान, फलामको हतौडा २ थान, फलामको पाईप एक टुक्रा, रामो एक थान, मोबाइल ५ थानलगायत पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
३२ लाख लुटेपछि उनीहरुले छ भागमा पैसा भाग लगाएका थिए । प्रत्येकलाई पाँच लाख ५० हजार रुपियाँ बाढेकोमा अधिकाशंले ऋण तिरेको र लगानी गरेका थिए । लुट्ने कार्यमा संम्लग्नमध्ये एक जनाको घरबाट प्रहरीले पाँच लाख ४५ हजार बरामत गरेको हो । अरु तीनजनाबाट भने प्रहरीले केही पनि रकम बरामत गरेको छैन । दुई जना अझै फरार छन् ।

 

तपाईको प्रतिक्रिया