मनसुनजन्य विपद्को सामना गर्न काभ्रे तयार

दोलालघाट÷काभ्रेपलाञ्चोक जिल्लाका सुरक्षा निकाय मनसुनमा हुन सक्ने विपद्का व्यवस्थापनमा तयारी अवस्थामा देखिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा नै स्थानीय तह मनसुनजन्य विपद्को जोखिममा रहेको सन्र्दभमा सुरक्षा निकायले त्यस्ता विपद्को पूर्व तयारीमा रहेको पुष्टि गरेका हुन् ।
धुलिखेलमा रहेको नेपाली सेनाको कालीजंग गण, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल तयारी अवस्थामा देखिएको हो । काभ्रेपलाञ्चोक जिल्लाकै ईतिहासमा पहिलो पटक स्थानीय तहको सकृयता विपद् व्यवस्थापन र प्रतिकार्यसँग सम्बन्धित सरोकारवाला निकायहरुको सहकार्य र सहभागितामा भुम्लु गाउँपालिकाको सुनकोसीमा अभ्यास मनसुन ३ आयोजना भएको छ । जिल्ला समन्वय समिति काभ्रेको समन्वय, जिल्ला विपद् व्यवस्थापन काभ्रेको निर्देशनमा स्थानीय नागरिकको उपस्थितीमा प्रतिकार्य अभ्यास पुरा भएको छ ।
विपद् व्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले काभ्रेका सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिए । अभ्यास हेर्न जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाली सेना उपत्यका पृतनाका पृतनापति सागरबहादुर थापा, २६ नम्बर बहिनी अड्डाका बाहिनीपति सहायकरथी सुनिल घलसँगै स्थानीय तहका प्रतिनिधि सहभागी थिए ।
कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाश बहादुर सिंहका अनुुसार जिल्लामा हुन सक्ने विपद्को पहिचान गरी त्यसको अभ्यास गरिएको हो ।
जिल्लामै पहिलो पटक पटक स्थानीय तहले सो कार्यका लागि आर्थिक सहायता प्रदान गरेको हो । सोही अवसरमा विपद् द्रुत प्रतिकार्य किताब २०८० समेत प्रकाशन गरेको थियो ।

तपाईको प्रतिक्रिया