पक्षघात भएकी जिम्बाको उपचारका लागि आर्थिक सहयोग बितरण, थप सहयोग गर्न सबैमा परिवारको अनुरोध

 

बनेपा– खानीखोला गाउँ पालिका निवासी ठूली माया जिम्बालाई जिम्बा परिवारले सहयोग गरिएको छ । पक्षघात भएकी जिम्बाको थप उपचारको लागि उपचारार्थ जिम्बा परिवार बाट ३० हजार आर्थिक सहयोग गरिएको हो । नेकपा माओवादी केन्द्र खानीखोला गाउँ पालिका अध्यक्ष एवं युवा नेता अविरल जिम्बा र खानिखोला गाउँ पालिका वडा नं ३ को वडा अध्यक्ष सागर जिम्बाले सो आर्थिक सहयोग शनिबार परिवारलाई हस्तान्तरण गरिएको छ । हाल ठूली माया अस्पतालमा उपचारतछन् । परिवारलाई हस्तानतरण गरिएको सहयोग जिम्बा परिवारको सदस्यहरु बाट संकलन गरेर हस्तानतरण गरिएको युवा नेता अविरल जिम्बाले जानकारी दिए । हामीले दिदिको स्वास्थ्य अवस्था र थप उपचार गर्नु पर्ने भएकाले परिवारको सदस्यहरु बाटनै रकम संकलन गरेर बितरण गरिएको जिम्बाले बताए । अािर्थक अवस्था कमजोर भएको जिम्बालाई थप उपचार गर्न सहयोगको पहलमा रहेको अविरल जिम्बाले बताए । जिम्बा खानीखोलामा हरेक सामाजिक कार्यहरुमा अघि सारेर काम गरिरहेकाछन् । पेशाले काठमण्डौमा रहेपनि हर समय गाउँ पालिका बिकास निर्माण देखि सामाजिक कामहरुमा जोड् दिदै आएकाछन् । अन्य सहयोगी मनहरुले बिरामीको निम्न खातामा सकेको सहयोग गरिए उपचारमा सहज हुने समाजसेवी जिम्बाले बताए । जिम्बाको परिवारले उनको उपचारको लागि थप रकम आवश्यक रहेको भन्दै सहयोगी मनहरु सबैमा सहयोगको लागि अनुरोध गरिएकाछन् ।

 

ठूली माया जिम्बा लाई आर्थिक सहयोग गर्न चाहाने महानुभावका लागि

एसबीआई बैंकको खाता नम्बर ४३११५२४२९००१५३

ज्ञान बहादुर जिम्बा ९८४१९९७४९५

 

तपाईको प्रतिक्रिया