काभ्रे कुशादेबीको घिमिरे लाई साउदीमा सम्मान

 

काभ्रे कुशादेबी निवासी हाल साउदी अरबमा रोजगारमा रहेका बिष्णु घिमिरे लाई साउदी अरबमा नेपाली साझा मंच साउदीले छैठौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशनको अवसरमा सम्मान गरिएको छ । वैदेशिक रोजगारीको क्रममा प्रवाससा अलपत्र परेका नेपालीको हकहितको लागि र उद्धारको लागि संचार क्षेत्रबाट गरेको योगदानको प्रशंसा गर्दै घिमेरेलाइ सस्थाले सम्मान गरिएको जनाएको छ ।
संस्थाले घिमिरे लगायत १४ जनालाई विभिन्न क्षेत्रहरू पुर्‍याएको सहयोगको आधारमा सम्मान गरेको थियो । सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत नवराज सुवेदीको रहेको थियो ।
सम्मानीत घिमिरे बिगत ३ बर्षदेखि अन्नपूर्णपोस्ट मिडीयामा प्रवास बाट रिपोर्टिङ गर्दै आएका छन भने साउदीमा उनि १२ बर्षदेखि कार्यरत छन् ।

तपाईको प्रतिक्रिया