
धुलिखेल नगरपालिका वडा न ३ कुत्तालमा रहेको प्रगती युवा क्लबको आयोजनामा कुत्तालगाउँमा बोधि चैत्य इयाङछाप
छ्योर्तेन निर्माणका लागि भुमि पुजा (सालाङ) पुजा गरिएको छ । मंगलबार बिहान लामा पेमा दोर्जेको उपस्थितिमा उक्त स्थानमा पुजा आज गरिएको थियो । पुजा कार्यमा लामा पेमा दोर्जे र लामा पासाङले पाठ विधि गरेर छ्योर्तेन निर्माण गर्नेको लागि शुभ साइत विधि गरिएको छ । छ्योर्तेन निर्माण गर्ने आज गरिएको पुजा कार्यमा धुलिखेल वडा न ३ को वडा अध्यक्ष गणेश आचार्य, वडा सदस्य हिरा लामा, सुवास अधिकारी महिला सदस्य सन्जु तामाङ र रिता बराइली लगायत क्लबको सदस्य हरु र कुत्तालका स्थानियहरुको उपस्थिति रहेको थियो ।

पुजा कार्यक्रम बोल्दै वडा अध्यक्ष आचार्यले वडाले समुदायमा विभिन्न क्षेत्रहरूमा काम गरिएको बताए । बिद्यालय मर्ज भए पछि खाली रहेको जग्गामा के गर्ने भन्दा सबै मिलेर गुम्बा लगायत छ्योर्तेन निर्माण गर्ने भन्ने सल्ला अनुसार आज यो कार्य सुरुवात भएकोमा वडाले समन्वय गरेर नगरबाट बजेट ल्याउने काम गरिने प्रतिवद्धता व्यक्त गरे । वडा सदस्य हिरा लामाले कुत्तालमा छ्योर्तेन निर्माण कार्य अघि बढेकोमा खुशी हुँदै आफुले सकेको सहयोग गर्ने बताए । हामिले हरेक विषयहरुमा चासो लिएर बिकास निर्माण देखि सबै खाले कामहरुमा एक जुट भएर गरियो भने सफलता मिल्ने वडा सदस्य लामाले भने ।

प्रगती युवा क्लबको अध्यक्ष कुमार सि लामाले गाउँ मा गुम्बा छ्योर्तेन निर्माण गर्नको लागि सबै तह समुदायले सहयोग गरे भने सफल मिल्ने बताए । क्लबकै बिगतमा विभिन्न सहयोगी हातहरुको कारण कुत्ताल चिहाने पाटी निर्माण गरेर सम्पन्न गरिएको बताए । यो आज पुजा सुरु गरिएको छ्योर्तेन हामी सबै सहयोगी हरु बाट नै निर्माण गर्न सकिने लामाले बताए ।
प्रगती युवा क्लबको सचिब सजय तामाङले गाउँको सबै मिलेर यो निर्माण कार्या लाई सम्पन्न गर्न सबैले सकेको सहयोग गर्नु पर्ने बताए ।


तपाईको प्रतिक्रिया