फोनिज काभ्रेको खोज पत्रकारिता तालिम

काभ्रे, २४ चैत्र २०७९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा खोज पत्रकारिता र डिजिटल मिडिया सम्बन्धि तीन दिने तालिम शुरु गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच तालिमको उद्घाटन शुरु गरको हो । फोनिज काभ्रेमा क्रियाशिल ३० जना सञ्चारकर्मीहरु सहभागिता रहेकाछन् ।
शुक्रबार देखि सुरु भएको तालिम आईतबार सम्म चल्ने छ । तीन दिने तालिमको उद्घाटन गर्दे जिल्लाको रोशी गाउँपलिकाका अध्यक्ष एवं फोनिज काभ्रेका संस्थापक अध्यक्ष दिनेश लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा संस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नु पर्ने थुप्रै विषयहरुलाई समेटेर तालिम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरेका छन् । पछिल्लो समय प्रविधिका कारण भाषा र संस्कृति लोप हुँदै गएको, पहिचान हराउँदै गएको तथा आदिवासी जनजातिहरू झन् पछि पर्दै गएको अवस्थामा फोनिज काभ्रेले बदलिँदो अवस्थाको डिजिटल माध्यमसँग खोज पत्रकारिता आयोजना गरेर नयाँ पुस्तालाई जानकारी गराउनु सहनिय भएको अध्यक्ष लामाले बताए ।
कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले फोनिजलाई पत्रकार महासंघ तथा राजनीतिक दलका भातृ संगठनहरुले समेत फरक ढंगबाट हेरेको बताउँदै पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिहरुका समस्या, पहिचानको मुद्दा तथा आयआर्जनमा जोड्ने तालिमले थप टेवा पुग्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै फोनिज जिल्ला अध्यक्ष इन्द्र बहादुर थापालेले पछिल्लो समयमा बिकास हुदै गरेको डिजिटल मिडिया र खोजी पत्रकारिता बारेमा थप सजिलो होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । यो तीन दिनको तालिम थोरै भएपनि क्रियाशिल पत्रकारहरुको लागि उपलब्धि मुलक हुने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा रोशी गाउँपालिकाका वडा अध्यक्षहरु श्रीदास लामा, अशोक गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, फोनिजका बागमती प्रदेश इन्चार्ज पेमा लामा, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका अध्यक्ष सन्तोष चौलागाई, रेडियो प्रशारण सघं काभ्रेका अध्यक्ष सचित खड्का लगायतले फोनिज काभ्रेले आयोजना गरिएको तालिमबाट काभ्रेली पत्रकारितामा सहयोग पुग्ने अपेक्षा सहितको शुभकामना राखेका थिए ।
जिल्लाको रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज कभ्रेको आयोजनमा आदिवासी जनजाति सम्बन्धी खोज पत्रकारिता तथा डिजिटल मिडिया सम्बन्धी तिन दिने पत्रकारिता तालिम संचालन भएको छ ।

तपाईको प्रतिक्रिया