५२ जना नक्कली परीक्षर्थी पक्राउ

 

विराटनगर – एसईई परीक्षाको दिन आएका ५२ जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरु नक्कली परीक्षार्थी भएको प्रहरीको दाबी छ । आज सामाजिक विषयको परीक्षा थियो । परीक्षा लेख्न आएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । विहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दाहालले बताए । ‘५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं,’उनले भने,‘एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’

कुन कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरैले जना नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

तपाईको प्रतिक्रिया