पनौतीका सामुदायिक विद्यालयका थरीथरीका पिडा

पनौती÷सरकारले सामुदायिक विद्यालयको शिक्षा विकासमा अनेकौ प्रयास गरिरहेको छ । गैरसरकारी संस्थाको योगदान शिक्षा विकासमा कम आक्न मिल्ने खालको छैन । जिल्लाकै शैक्षिक हवको रुपमा स्थापित पनौतीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अनेकौ प्रयास भइरहेका छन् । तर पनि सामुदायिक विद्यालयको पिडा भने कम हुन सकेको छैन ।
लामो समयदेखि पनौतीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउँदै अंग्रेजी शिक्षाको विकासमा सेतु बनेको ग्रामीण सामुदायिक संगठन नेपाल (आरसिएफ) ले प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावकलाई एकै ठाउँमा राखेर छलफल चलाएको छ । छलफलमा विद्यालयका अनेकौ गुनासो सुनाइएको छ ।


काभ्रेकै रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग शिक्षा सुधार गर्ने उदेश्यले पाँच बर्षको सहकार्यको सहमती अनुसार आरसीएफ नेपालको मुख्य आयोजनामाा १०७ बर्ष पुरानो पनौती आधारभूत विद्यालयमा बृहत छलफल कार्यक्रम गरिएको छ ।
काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा. डा. बालचन्द्र लुइटेलले विगत दुई दशकमा भएको द्रुत परिवर्तनलाई हेक्का राख्न नसक्दा शिक्षाको विकासमा समस्या देखिएको बताउनुभयो ।


पनौतीमा रहेका ३४ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका विषयमा छलफल गरिएको थियो । छलफलमा १ देखि ५ कक्षासम्म सञ्चालित आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका समस्या विद्यार्थीको संख्या, शिक्ष्
त्यसपछि १ देखि ८ कक्षासम्म सञ्चालित विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरु अनि १ देखि १० कक्षासम्म सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरु अनि अन्त्यमा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्षहरुले आफ्नो विचार प्रस्तुत गरेका थिए ।


मूख्यतयाः विद्यालयमा बालकक्षाबाट कक्षा १ मा जाँदाको अन्तर कम भएको हुँदा बीचमा अर्को एक तह थप गर्नुपर्ने, पूर्व प्राथमिक शिक्षालाई प्राथमिकतामा राखी थप प्रभावकारी बनाउनुपर्ने, पर्याप्त शिक्षक संख्याको अभाव भएको हुँदा स्थायी व्यवस्थापन अघि स्वयंसेवी शिक्षकको व्यवस्थापन गर्नुपर्ने, शैक्षिक सामग्रीको पर्याप्ता र प्रयोग कमजोर रहेको हुँदा यसलाई बढाउनु पर्ने, कक्षाकोठामा नै केन्द्रित गरेर शिक्षक तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत शिक्षक तालिम सञ्चालन गर्नुपर्ने, शिक्षक र विद्यार्थीलाई मोटिभेसन जगाउने किसिमका कार्यक्रम गर्नुपर्ने, आकर्षक र बालकेन्द्रित कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाउन यससँग सम्वन्धित तालिम व्यवस्था गर्नुपर्ने, संगित, नृत्य, नाटक, चित्रकला र खेलकुद विषयका शिक्षक व्यवस्थापन गर्नुपर्ने, दैनिक जीवनमा आवश्यक पर्ने सीपमूलक र व्यवहारिक विषयका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघको क्षमता अभिवृद्धि, हरेक विद्यालयमा विव्यसको कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने, अभिभावक सचेतना एवं विद्यालय समुदायको सुमसुध सम्वन्ध विकास गर्नुपर्ने जस्ता विषयमा केन्द्रित भएर धारणाहरु राखेका थिए ।


नयाँ र युवा पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्नुपर्ने कुरामा जोड दिए । सामुदायिक विद्यालयहरुमा रहेको स्रोतको अभावलाई पुर्ति गर्न सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
विव्यस, पिटिए र विद्यालय प्रशासनबीचको सुमधुर सम्वन्धले मात्र विद्यालयलाई द्रुततर गतिमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।


संस्था ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले पनौतीको शैक्षिक गुणस्तर सुधारमा पाँच बर्ष काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेकोमा पनौतीको सामुदायिक शिक्षाको लागि यो कोशेढुंगा सावित हुने विचार प्रस्तुत गरे । यसबाट विद्यालयहरुले धेरै भन्दा धेरै सहयोग लिएर लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे ।
काठमाडौ विश्वविद्यालयका असिष्टेन्ट प्रोफेसर इन्द्रमणी श्रेष्ठ र डा. लिना गुरुङले पनौतीको शैक्षिक सुधारका लागि आवश्यकता पहिचान गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया