सिमा बिवाद क्षेत्र भुम्लु गाउँपालिकाले बुझाए जिल्ला समन्वय र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

धुलिखेल – काभ्रे जिल्ला र सिन्धुपाल्चोक जिल्लाको सिमा बिवाद बारे भुम्लु गाउँपालिकाले सरोकार निकाय जिल्ला समन्वय समिति काभ्रे र प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । भुम्लु गाउँ पालिकाको अध्यक्ष प्रेम बहादुर भुजेर र उपाध्यक्ष दावा लामा, वडा अध्यक्ष लगायतले बिहिबार जिल्लामा सरोकार निकायहरुलाई सिमा बिवाद बारे ध्यानाकर्षण पत्र बुझाएको हो । भुम्लु गाउँपालिका वडा नं ८ को सिस्नेरी बगर क्षेत्रमा अनाधिकृत रुपमा ढुङ्गा, गिट्टि, बालुवा उत्खनन् भएको क्षेत्रको अनुगमन गर्न पौष ४ गते भुम्लु गाउँ पालिका वडा नं ८ का वडा अध्यक्ष मोतिलाल तामाङ, स्थानीय रामकाजी श्रेष्ठ माथी सुनियोजित ढंगले चारैतिरबाट आई हमला भएको पत्रमा उल्लेख छ । सिन्धुपाल्चोक र काभ्रेको सिमा बिवाद क्षेत्रमा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल समेत घटनास्थलमा पुग्दा गाउँपालिका अध्यक्षलाई समेत नियन्त्रणमा लिइ कानून हातमा लिने कार्य गरिएको पत्रमा उल्लेख छ । चौतारा साँगाचोक नगरपालिका र भुम्लु गाउँपालिकाको क्षेत्र सिमा बिवादको कारण बगर क्षेत्रमा उत्खनन् हुन सकेको थिएन ।
स्पष्ट रुपमा भुम्लु गाउँपालिकाको सिमाना भित्र पर्ने क्षेत्रमा गैरकानुनी रुपमा ढुङ्गा, गिट्टी. बालुवा संकलन गर्ने र सो कार्य नगर्नका लागि आग्रह गर्दा सुनियोजित ढंगले, जननिर्वाचित प्रतिनिधी माथी भएको त्यस किसिमको आक्रमण कुनै हिसावले कानुनी तथा विधिको शासन भित्र पर्ने विषय हैनन्, गैरकानुनी रुपमा जथाभावी काम गर्ने, रोक्न खोज्दा सुनियोजित ढंगले आक्रमणको प्रयास गर्ने प्रति विधी सम्वत ढंगबाट कारवाही गरी कानुनी शासनको परिपालना गराउने काममा सहयोगका लागि ध्यानकर्षण गराउदै जिल्ला समन्वय समिति काभ्रे र प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाएको छ ।
साथै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाको पुरानो सिमाना विवाद हाल सम्म पनि समाधान हुन नसक्दा भुम्लु गाउँपालिकाले त्यसको मूल्य चुकाइरहेको छ. यस विवादलाई छिटो भन्दा छिटो समाधान गर्न आवश्यक सहयोगका लागि सहजिकरण गर्नको लागि भुम्लु गाउँपालिकाले सरोकार निकायहरुलाई अनुरोध गरिएको छ ।
सिमा बिवाद क्षेत्र भुम्लु गाउँपालिकाले बुझाए जिल्ला समन्वय र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र ।

तपाईको प्रतिक्रिया