
बनेपा÷ लायन्स क्लब अफ काभ्रेको अध्यक्ष पदमसुन्दर श्रेष्ठ सकृय बनेर लागेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाको अध्यक्षमा चयन भएसँगै श्रेष्ठले सामाजिक काममा आफूलाई सकृय बनाएका हुन् ।
अध्यक्ष बनेसँगै सामाजिक कार्यमा लागेका पदमले बनेपामा हार्ट क्लिनिक स्थापना गरेसँगै उनको चर्चा चुलिएको छ । लायन्स क्लब अफ काभ्रे र नेपाल हृदय रोग प्रतिष्ठानको मंगलबार हार्ट क्लिनिक स्थापना गरेको छ । लायन्य अन्तराष्ट्रियका ईन्टरनेशनल प्रेशिडेन्ट लायन ब्रेन इ सियानले क्लिनिकको उद्घाटन गर्नुभयो ।
सो क्लिनिक स्थापना भएपछि मुटु रोगीका लागि निक्कै फाइदा पुग्ने विश्वास लिइएको छ । काभ्रेको मात्रै नभएर छिमेकी जिल्लाबाट समेत सो क्लिनिकमा सेवा लिन सक्नेछन् ।
१ करोड ६४ लाखको लागतमा बनेको ल्याब बाहेकको सबै सेवा पाउने श्रेष्ठले बताउनुभयो । उहाँले थप सामाजिक कार्यहरु गर्ने बताउँदै सबैको सहयोग र साथले लायन्स क्लब सदैव रचनात्मक कार्यमा लाग्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया