
पुर्व उर्जा राज्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य सुर्यमान दोङ (लालध्वज) ले गठबन्धन निर्वाचनको लागि मात्रै नभएर संविधान रक्षाका लागि भएको बताएका छन् ।
काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्यका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार समेत रहेका दोङले तेमालको चुनावी घरदैलो अभियानमा यस्तो बताएका हुन् ।
उम्मेदवार दोङले सुशासनमा कुनै धब्बा लाग्ने नदिने बताए । उनले घरदैलोको क्रममा जनताबाट राम्रो प्रतिक्रिया पाएकाले चुनाव जित्नेमा ढुक्का रहेको दाबी गरे ।
उम्मेदवार दोङले जनताबाट अपार माया भएको बताए । उनले भने, ‘घरदैलोको क्रममा जुन ठाउँमा पुग्यौँ, त्यो ठाउँमा हामीलाई मतदाताले अपार माया गर्नु भएको छ । जनताले अहिले हामीमाथि भरोसा गरेका छन् भन्ने देखिन्छ ।’
उनले आफु सहितको गठबन्धनका सबै उम्म्ेदवारको जित सुनिश्चित भएको भन्दै काभ्रेका एमाले क्लिनसीप हुने दाबी गरे । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा उम्मेदवार दोङको मत यो क्षेत्रमा एमालेका उम्मेदवार लामाको भन्दा करिब ३३ हजारले बढी छ । उनी नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी समेतको समर्थनमा चुनाव लड्दै छन् ।
नेता कर्याकर्ता र जनतामाझ स्पष्ट र खरो नेताको रुपमा चिनिने उम्मेदार दोङ अन्तरिम व्यवस्थापिका र संविधानसभाको पनि सदस्य भइसकेको व्यक्ति हुन् ।

तपाईको प्रतिक्रिया