एमालेमा नै फर्किए पनौतीका रमेश पौडेल

नेकपा एकीकृत समाजवादी पार्टीको नेता रमेश पौडेल लगायत ५ जना सदस्य नेकपा एमाले प्रवेश गरिएको छ । बिहिबार प्रतिनिधि सभा २ का उम्मेदवार पुर्व मन्त्री गोकुल बास्कोटाले उनलाई एमाले पार्टी प्रवेश गराएको हो ।
एमाले प्रवेश गरिएका पौडेल पुर्व एमाले रहेको नेकपा फुट पछि एकीकृत समाजवादी पार्टी तिर लागेका थिए । उनी समाजवादी पार्टीको बागमती प्रदेश सदस्य रहेका थिए ।

बिहिवार एक बिज्ञप्ति निकालेर रमेश पौडेल, मिरा पौडेल , राजेन्द्र पौडेल , अभिचल पौडेल , गागा श्रेष्ठ र रामदाश श्रेष्ठ एमाले प्रवेश गरिएकाछन । राष्ट्रियताको सम्बर्धन र कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको निमित्त सवल एमाले पार्टीको अपरिहार्यता रहेको महसुस गर्दै पार्टीले विगतका नीति, कार्यक्रम, कार्यदिशा र कार्यशैलीको समीक्षा गर्दै सही नीति, कार्यक्रम र कार्यदिशाको निरन्तरता र भएका गल्ती कमजोरीहरू सुधार गर्दै जाने अपेक्षा सहित विनाशर्त पुन एमालेमा प्रवेश गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया