
बनेपा – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा, काभ्रेको आयोजनामा बेथानचोक गाउँ पालिकाको समन्वयमा बेथानचोक गाउँ पालिका ढुङखर्कमा पालिकाको अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यमा बृहत निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ११ जनाले आयुर्वेद चिकित्सा सेवा तथा निशुल्क आयुर्वेद सेवा पाएकाछन । शिविरमा १ सय ४० जनाले आयुर्वेद औषधि सेवा पाएकाछन । १ सय ५ जनाले प्याथोलोजी ल्यावको सेवाबाट रगत र पिसावको जांच गरिएको छ । कार्यक्रमको औपचारिक उद्घाटन समारोह जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सन्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष प्रकाश बहादुर कायस्थको अध्यक्षतामा भएको थियोे । कार्यक्रम सन्चालन लेखा प्रमुख कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले गर्नु भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीले आयुर्वेद सेवाको बारे जानकारी गराउदै मेरो स्वास्थ्य मेरो अभियान तथा नागरिक आरोग्य कार्यक्रमलाई गाउँ पालिकाको सहकार्यमा समुदाय स्तरमा संचालन गरिएको बताए । प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष श्री भगवान अधिकारीले नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेद सेवा संचालन गराइ निरोगी नेपाल अभियानलाई सेवा केन्द्र मार्फत पालिका भरी बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै बेथानचोक गाउँ पालिका जडिबुटीको हब भएकोले आयुर्वेदलाई उत्पादन सित जोड्न पहल कदमी गर्ने बताए ।
शिबिरमा बेथानचोक गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सिना, स्वास्थ्यकर्मिहरु, राष्ट्रिय सामुदायिक महिला स्वयंसेवकाहरु, आयुर्वेद औषधालयका प्रमुखहरू, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कर्मचारिहरु, नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरु, जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, ललितपुरका वैद्य योग प्रशिक्षक जानुका ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया