बनेपा÷पछिल्लो समय सवारी साधनबाट अत्याधिक ध्वनी प्रदुषण हुन थालेपछि यसको विकल्पको खोजि हुन थालेको छ । नागरिक समाजका अगुवा, पत्रकारले यसको चर्काे विरोध गर्दै आएका छन् । प्रेसर हर्नले मानव स्वास्थ्य र ओभर लोडले सडकको अवस्थामा असर पार्ने भएकाले सामाजिक अभियान्ता एंव पत्रकार केशवराज पौडेलले मंगलबार सामाजिक संञ्जालमा प्रेसर हर्नको कारणले जनताले हैरानी खेपीरहेको बारेमा जानकारी गराएका थिए ।
त्यससँगै दैनिक रुपमा काभ्रेमा ध्वनी प्रदुषण बढिरहेको समयमा जिवित फाउण्डेशनले काभ्रेमा ध्वनी प्रदुषणको कारणले हुने असरको बारेमा सचेतना कार्यक्रम संचालन गर्नेे, सबै निकायको पहलकदमीमा काभ्रेपलाञ्चोक जिल्लालाई ध्वनी प्रदुषणमुक्त जिल्ला बनाउने उदेश्यले जिवित फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय काभे्रमा ध्यानकर्षण पत्र बुझाएको छ ।
सामाजिक कार्य गर्दै आएको सो फाउण्डेशनले ध्वनी प्रदुषणको असर बालबालिका र जेष्ठ नागरिकलाई पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरेको छ ।
अध्यक्ष जितेन्द्र थापाले काभ्रेको सिडिओ हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यो कार्यमा आफूहरुले सहयोग गर्र्ने बताए । कार्यक्रममा काभ्रेका एसपी, स्वास्थ्य कार्यालयका प्रमुख, शसस्त्र प्रहरी काभ्रेका प्रमुख, ट्राफिक प्रमुखको उपस्थिती थियो ।
काभ्रेपलाञ्चोकलाई नो हर्न क्षेत्र बनाउन ध्यानाकर्षण
2022-05-31T21:51:31+05:45

तपाईको प्रतिक्रिया