
बनेपा – चुनाब जितेर काम सुरु गरेको एक हप्ता पनि बित्न नपाउदै बनेपामा जनप्रतिनिधिहरु सम्पर्क बिहिन बन्न थाले पछि काङ्ग्रेस वडा इकाई ले ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार दिउसो देखि एमालेबाट जितेका जनप्रतिनिधिहरु आफ्नो कार्येलयमा नभेटिदा सेवाग्राहीहरु मारमा परेको भन्दै पत्र बुझाएको जनाएको छ । एमालेले शनिबार हुने कार्येपलिका चुनाबका लागि भन्दै एमाले बाट जितेका जनप्रतिनिधिहरुलाई बन्द क्याम्पमा राखेकाले एमालेले जितेका वडाहरुमा अहिले सेवाग्राहीले समस्या भोगेका छन्। बिहिबार बनेपा १० को वडा कार्यलयमा सेवा ग्राही पुग्दा वडा अध्यक्ष नहुदा तेसै फर्कनु परेको थियो। यस बारेमा कार्यालय सचिब संग बुझ्दा वडा अध्यक्ष बुधबार झोला बोकेर आफु दुइ तिन दिन नआउने बताउदै निस्कनु भएको र यहा जान्छु उहा जान्छु केहि पनि जानकारी नगराउनु सचिबले जानकारी दिए । बनेपा १० मा वडा अध्यक्षमा एमाले बाट चन्द्र बहादुर खड्का निर्वाचित भएको थियो। यसै क्रममा नेपालि कांग्रेस बनेपा नगरपालिका वडा १० इकाई कार्यसमितिले बिहिबार वडा सचिब लाई ध्यानाकर्षण पत्र बुझाएको छ। जनप्रतिनिधि भए पछि जनताको काम छाडेर आफ्नो ब्यक्तिगत कामका लागि दुइ चार दिन सम्म कार्यलय नाउनाले सेवाग्राहीलाई समस्या परेको भन्दै काङ्ग्रेस पार्टीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । वडा कार्यालयमा वडा अध्यक्ष नहुदा बुधबार दिउसो देखि बिहिबार र शुक्रबार सेवाग्राहीले सेवा पाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया