धुलिखेल ११ बडालले गरे ५ पहिलो निर्णय


धुलिखेल नगरपालिका वार्ड ११ को  पहिलो बैठकले  शहिद प्रती श्रद्धाञ्जली ,मतदाताहरुलाई धन्यवाद , मुटु रोगी क्यान्सर पीडित , मिर्गौला रोगी लाई साहायता गर्ने र निशुल्क पशुबिमा गर्ने निर्णय गरिएको छ । धुलिखेल नगरपलिका वडा न ११ नब निर्वाचित वडा अध्यक्ष नारायण प्रसाद बडाल पदभार ग्रहण र जनता प्रती उत्तदायी निर्णय गरिएको हो । बडाल किसान मैत्री निर्णय गरिएकोमा आम किसान हरुले खुशी व्यक्त गरिएको छ । वडामा बिगतमा निर्वाचित वडा अध्यक्षले जनताको हितमा भन्दा पनि आफ्नो हितमा काम गरिएको कारण बडालले टिकट पाएर जितेका एक नेताले बताए । अब बडालले कुराले भन्दा पनि काम गरेर देखाउने उनले बताए । पहिलो निर्णय नै जनताको हितमा भएको कारण काम हुनेमा ढुक्क रहेको उनले थपे । 

तपाईको प्रतिक्रिया