माओवादी र समाजवादीको काँधमा बन्दुक राखेर पड्काए महेशले

पाँचखाल÷अघिल्लो कार्यकाल अल्पमत । अहिले बलियो बहुमत । मेयरमा हजारौंको मतान्तर उपमेयरमा माओवादीको लज्जास्पद हार । अघिल्लो निर्वाचनमा एक्लाएक्लै लड्दा माओवादीले दुई वटा बडामा बडाअध्यक्षमा विजयी भएको थियो । नेपाली कांग्रेसले पाँच बटा बडामा विजयी भएर थोरै मतान्तरमा मेयर र उपमेयरमा विजयी भएको थियो । यो पटक एमालेले उपमेयरको भाग खोसेपनि बडाअध्यक्ष र कार्यपालिकामा नेपाली कांग्रेससँग स्पष्ट बहुमत रहेको छ । एमालेले तीन बटा बडामा विजयी बन्यो । माओवादीले एक बडामा विजयी हासिल गर्दा नेकपा एकीकृत समाजवादीले एउटा बडामा विजयी हात पार्याे । नेपाली कांग्रेसले आठ बडामा विजयी बन्यो ।
मेयरमा नेपाली कांगे्रेसका तर्फबाट महेश खरेलले विजयी हात पारे । करिब पाँच हजार मतान्तरमा एमालेका उम्मेदबार पराजित हुँदा उपमेयरमा भने एमालेले बाजी मार्याे । माओवादी नेता पराजित भए । पाँचखालमा अहिले महेश खरेलले माओवादी र समाजवादीको काँधमा बन्दुक राखेर महेशले पड्काएको चर्चा छ । यसले माओवादीका नेता कार्यकर्ता विक्षिप्त बनेका छन् । आफू जितेर उपमेयर हराएको भन्दै आक्रोशित बनेर यसको समिक्षा खोजिरहेका छन् ।

तपाईको प्रतिक्रिया