
जिल्लाको नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
वडा न १३ को मतदान अर्को सूचना जारी नहुन्जेल सम्मको लागि स्थगित भएको निर्वाचन अधिकृत जीवन प्रसाद दुलालले जानकारी दिए । दिउँसो बाट मतदान रोकिएको उक्त केन्द्रमा मतदान रोकेर मुख्य निर्वाचन कार्यालय धुलिखेल र निर्वाचन आयोग लाई पत्र काटेर अर्को सूचना जारी नहुन्जेल सम्माको लागि मतदान स्थगित सूचना टासेर स्थगित गरिएको निर्वाचन अधिकृत दुलालले बताए । उक्त मतदान केन्द्रमा आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । केही मतदान भएका मत भने प्रहरीले मतपेटिका सहित सुरक्षित राखेको छ ।

तपाईको प्रतिक्रिया