भुम्लुमा गठबन्धनको उम्मेदवारको पक्षमा जनलहर उर्लिएको छ : भुजेल

भुम्लु – काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्ष पदका लागि बाम गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर भुजेल९बहृत०ले गाउँपालिकाभित्र भएका प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भुम्लुलाई उर्जाशिल युवाहरुको सक्रियतामा त्यसलाई उपयोग गरी समृद्ध भुम्लु बनाउने अभियानमा जुटेको बताए । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा ९माअ‍ोवादी केन्द्रबाट० भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भुजेलले जल, जंगल, जडिबुटी, लगायत कृषिको क्षेत्रमा नयाँ ढंगले विकास गरी आम किसानहरुको आर्थिक जीवनमा फड्को मार्ने खालको योजनालाई अगाडी सारेर काम गर्ने योजनाका साथ मतदाताको घरआँगनमा पुगिरहेको बताए ।
‘भुम्लु आफैमा प्राकृतिक स्रोतले भरिपूर्ण ठाउँ भएको र त्यसलाई उद्योगमा परिणत गरी रुपान्तरण गरी उर्जाशिल युवा जनशक्तिलाई परिचालन गरेर समृद्ध भुम्लु बनाउने हाम्रो सोच र संकल्प छ ।’ अध्यक्ष पदका उम्मेदवार भुजेलले भन्नुभयो, ‘भुम्लु गाउँपालिकाबान्सिदा आमजनसमुदायले यही निर्वाचनमा आफुहरुलाई नेतृत्व गर्ने अवसर प्रदान गरेपछि पैसा कमाउन विदेशमा बाध्यताले श्रम बेच्न पुगेका भुम्लुका युवाहरुलाई गाउँमा नै फर्केर केही गरौं भन्ने बातावरण निर्माण गर्ने हाम्रो पहिला दायित्व हुनेछ, त्यसलाई सफल बनाउने दृढ इच्छाशक्ति हामीमा छ ।’ यसअघिको जनप्रतिनिधिले गाउँपालिकालाई यथास्थानमा नै राखेको अवस्थाले भुम्लुको जनतालाई अगाडी बढ्नुपर्ने पाँच बर्ष कुठाराघातको स्थितिमा पु¥याएको कारण त्यसबाट माथि उठेर अगाडी बढ्नको लागि आफुहरुको नेतृत्व भुम्लुबासिन्दाले खोजिरहेको उहाँले बताए ।
अहिलेसम्म भुम्लुमा केन्द्रबाट आएको बजेटलाई भाग लगाउने मात्रै काम भएको र त्यसले यहाँका जनताको जीवनस्तर परिवर्तन हुने खालको कुनैपनि काम नभएको कारण पनि यथास्थानमा नै जीवन व्यतित गरिरहेका भुम्लुबासिन्दाको लागि अब आफुहरुको नेतृत्वले सिर्जनशिल सोच र योजनाका साथ काम गरेर परिवर्तनको महशुस गर्नेगरी परिणाम देखाउने तागत आफहरुमा भएकाले यो निर्वाचनमा बाम–गठबन्धनको नेतृत्वलाई विजयी गराउन अपिल समेत गर्नुभएको छ ।
नेपाली कांग्रेस तर्फबाट बाम गठबन्धनको उपाध्यक्ष पदको साझा उम्मेदवार जितेन्द्र मान तामाङ९दावा०ले भ्रष्टाचारमा डुवेको भुम्लु गाउँपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउँदै जनताको विकासप्रतिको चाहना र यहाँका समस्या समाधानको मेरुदण्डको रुपमा आफुहरु अगाडी बढेको कारण अबको निर्वाचनले त्यो जिम्मेवारी आफुहरुलाई दिनेमा विश्वस्त रहेको बताउनुभयो । यसअघि गाउँपालिका अध्यक्षले पालिकालाई परिवारको घेराभित्र मात्रै सिमित राखेर गरेको ठेक्कापट्टालाई तोडेर आम नागरिकको हितमा गर्ने विकासको योजनालाई आम युवाहरुको सुझाव र चाहना अनुसारले काम गरेर देखाउन पनि आफुहरुको नेतृत्व भुम्लु गाउँपालिकाको लागि आवश्यक भएको उहाँको भनाई छ । त्यसको लागि आम मतदाताहरुलाई आफुहरुको नेतृत्वमा रहेको बाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
भुम्लु गाउँपालिकाको लागि गठबन्धनको नेतृत्वमा अध्यक्ष पदका लागि उम्मेदवार प्रेम बहादुर भुजेल९बृहत० र उपाध्यक्ष पदका लागि जितेन्द्र मान तामाङ९दावा० सहितको नयाँ जनप्रतिनिधिहरु आउने भएपछि भुम्लुबान्सिदाहरुमा पनि उत्साह छाएको छ ।
अहिल निर्वाचनका लागि गाउँ–गाउँमा मतदाताको घरआँगनमा समृद्ध भुम्लु बनाउने अभियान र योजनासहितको युवापंक्तिको माहोलले भुम्लुमा गठबन्धनको उम्मेदवारको पक्षमा जनलहर उर्लिएको छ ।

तपाईको प्रतिक्रिया